Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रास्वपाले पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने


४, असार २०८३
  • 84
    SHARES
  • रास्वपाले पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने

    काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको छ ।

    आज बसेको सचिवालय बैठकले पार्टीको पदाधिकारी सङ्ख्या १३ बाट बढाएर १९ पुर्‍याउने निर्णय गरेको छ । विधानमा वरिष्ठ नेताको पद थपिएको छ ।

    रास्वपाले चुनावअघि बालेन्द्र शाहसँग एकताको निम्ति सभापति रवि लामिछानेपछि दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेताको पद सिर्जना गरेको थियो । पहिलो महाधिवेशनका क्रममा सचिवालय बैठकले त्यही पदलाई विधानको हिस्सा बनाएको हो ।

    पदाधिकारीमा सभापति एक, वरिष्ठ नेता एक, उपसभापति तीन, महामन्त्री दुई, सहमहामन्त्री पाँच, प्रवक्ता एक, सहप्रवक्ता तीन, कोषाध्यक्ष एक, सहकोषाध्यक्ष दुई जना हुनेछन् ।

    त्यस्तै केन्द्रीय समितिको सङ्ख्या १२९ बाट बढाएर १५८ पुर्‍याएकाे रास्वपाले जनाएको छ । रास्वपाको महाधिवेशन यही असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ । अहिले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली तयार गर्ने काम भइरहेको पार्टीले जनाएको छ ।

    रास्वपाले आउँदो महाधिवेशनका लागि झन्डै ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको जनाएको छ । पार्टीको सचिवालय बैठकको निर्णय सुनाउँदै महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशनको खर्च प्रतिनिधिहरूबाट उठाइने दर्ता शुल्क र पार्टीका सदस्य तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोग मुख्य स्रोत हुने बताउनुभयो ।

    उहाँका अनुसार लेबी नबुझाउने सदस्यहरूले महाधिवेशनमा भाग लिन पाउने छैनन् । रास्वपाले महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेशिन (ईभीएम) प्रयोग गरेर चुनाव गर्ने तयारी गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend