Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लक्ष्यअनुसार राजस्व उठेन


१८, साउन २०८०
  • 317
    SHARES
  • लक्ष्यअनुसार राजस्व उठेन

    दाङ । दाङका पालिकामा नदीजन्य पदार्थको अत्यधिक दोहन भएकाले लक्ष्यअनुसारको  राजस्व उठेको छैन । जिल्ला समन्वय समितिले बुधबार आयोजना गरेको आर्थिक वर्ष २०७९÷८० को वार्षिक समीक्षा गोष्ठीमा जिल्लाका दसवटै पालिकाले प्रस्तुत गरेको प्रगति समीक्षामा नदीजन्य पदार्थबाट राजस्व उठाउने लक्ष्य र सङ्कलनको अवस्था हेर्दा निकै दयनीय रहेको देखिएको छ ।
     
    सबै पालिकाले आर्थिक वर्ष २०७९÷८० मा नदीजन्य पदार्थ तथा खानीजन्य बस्तु बिक्री गरेर रु ६६ करोड ४९ लाख दुई हजार राजस्व उठाउने लक्ष्य लिएकामा जम्मा रु सात करोड २० लाख ६६ हजार एक सय ९५ राजस्व उठाएका छन् । समग्रमा लक्ष्यभन्दा रु ५९ करोड २८ लाख ३५ हजार बढी राजस्व उठाउन नसकिएको पालिकाले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ 

    शान्तिनगर र दङ्गीशरण गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल भए पनि अरु सबै पालिका भने कमजोर देखियो ।  दङ्गीशरणले रु २५ लाख राजस्व उठाउने  लक्ष्य लिएकोमा रु ३५ लाख ७४ हजार उठाएको छ भने शान्तिनगरले पनि रु ६० लाख राजस्व उठाउने लक्ष्य लिएकामा रु ७४ लाख २०  हजार उठाएको छ । जिल्लाको अन्य आठ पालिका  नदीजन्य पदार्थ बिक्रीबाट उठाउनुपर्ने राजस्व सङ्कलनमा पूरै असफल देखिएका छन् । ती पालिकामा नदीजन्य पदार्थ दोहन पनि अत्यधिक भएको  पाइएको छ ।

    सबैभन्दा बढी प्राकृतिक स्रोतसाधन भएर पनि अवैधरूपमा नदीजन्य पदार्र्थ उत्खनन्को सिकार बनेका पालिकाले आफ्नो लक्ष्य पूरा गर्न नसकेका हुन् । तुलसीपुर उपमहानगरपालिकाले नदीजन्य पदार्थ बिक्री गर्ने महत्वाकांक्षी लक्ष्यअनुसार  रु ४२ करोड राजस्व उठाउने भनेकामा रु एक करोड ४२ लाख ३४ हजार मात्रै सङ्कलन गरेको छ । 

    यसैगरी घोराही उपमहानगरपालिकाले रु दुई करोड राजस्व उठ्ने लक्ष्य राखेकामा रु १२ लाख ८१ हजार मात्रै उठाएको छ । लमही नगरपालिकाले पनि अत्यन्तै न्यून मात्रामा नदीजन्य पदार्थबाट राजस्व उठाएको छ । उक्त नगरपालिकाले आठ करोड राजस्व उठाउने लक्ष्य लिएकामा ९० प्रतिशत कम अर्थात रु ३२ लाख २६ हजार ९०मात्रै उठाएको छ । यो लक्ष्यभन्दा  निकै कम हो । 

    गढवा गाउँपालिकाले पनि रु चार करोड राजस्व उठाउने लक्ष्य लिएकामा रु दुई करोड ३७ लाख उठाएको छ । राप्ती गाउँपालिकाले रु तीन करोड राजस्व उठाउने  लक्ष्य लिएकामा रु २३ लाख ७२ हजारमा मात्रै उठाएकोे छ ।
     
    बबई गाउँपालिकाले रु ९८ लाख राजस्व उठाउने  लक्ष्य लिएकामा रु ५८  लाखमात्र उठाएको छ । यसैगरी बङ्गलाचुली गाउँपालिकाले रु ६० लाख राजस्व उठाउने  लक्ष्य लिएकामा रु ४८ लाख ८८ हजार उठाएको छ । 

    बबई गाउँपालिकाले रु ५८ लाख ८१ हजार तीन सय १० राजस्व सङ्कलन गरेको छ । पालिकाको सात स्थानमा ठेक्का लगाइएकामा बबई नदीको तीन वटा घाटबाट प्रदेश विभाज्य कोषमा पठाएर ४१ लाख १८ हजार एक सय ३५, च्याटी खोलामा एक ठाउँमा लगाएको ठेक्काबाट रु ७२ हजार सात सय २० तथा बबई नदीको अर्को ठाउँको तीन वटा घाटमा अमानत लगाएकामा रु १६ लाख ९० हजार चार सय ५४  सङ्कलन भएको छ ।
     
    जिल्लाको एक मात्र पहाडी भूगोल भएको बङ्गलाचुली गाउँपालिकाले पनि ढुङ्गा गिट्टी बिक्री गरेर रु १३ लाख ७४ हजार तीन सय ५० तथा खानीजन्य स्रोत बिक्री गरेर रु ३५ लाख १३ हजार आठ सय २४ गरी रु ४८ लाख ८८ हजार एक सय ७४ राजस्व सङ्कलन गरेको छ । यसरी लक्ष्यअनुसार राजस्व उठाउन नसक्दा पालिकाको आन्तरिक काम कारबाहीमा ठूलो असर परेको जनाइएको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend