Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राप्ती प्रादेशिक अस्पतालमा थालियो  ‘रेफर दर’ घटाउने प्रयास


१८, साउन २०८०
  • 128
    SHARES
  • राप्ती प्रादेशिक अस्पतालमा थालियो  ‘रेफर दर’ घटाउने प्रयास
    दाङ ।  दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट बिरामीको ‘रेफर’ गर्नेको दर घटाउने प्रयास थालिएको छ । पछिल्लो समय अस्पतालले बिरामीलाई रेफर गर्ने गरेको गुनासो बढेको जनाइएको छ ।  लुम्बिनी प्रदेश सरकारले रेफरदर घटाउने प्रयास थालेका छन् । 
     
    लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार अस्पतालबाट रेफर गर्ने गरेको गुनासो आएपछि त्यसलाई न्यूनीकरण गर्न  अस्पताललाई बजेट थप गरिएकोे बताउनुभयो । 
     
    उहाँले  अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा सेवा विस्तारका लागि रु साढे चार करोड बजेट विनियोजन गरिएको र ‘मोडुलार ओटी सेटअप’लगायतका कार्य गर्नका लागि सोही बजेट विनियोजन गरिएको बताउनुभयो । 
     
    शल्यचिकित्सा सेवा सुरु भएपछि अहिले जस्तो रेफर गर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँको भनाइ छ । “अहिले धेरै रेफर हुने गरेको गुनासो आएको छ”, उहाँले भन्नुभयो, “यसलाई घटाउनका लागि प्रदेश सरकार दत्तचित्त भएर लागेको छ, अहिले हामीले शल्यचिकित्सा सेवा सञ्चालनका लागि बजेटसमेत विनियोजन गरेका छौँ ।”
     
    यस सेवा सुरु भएसँगै शल्यक्रियाका धेरै सेवा प्रदान गरिने र अहिले जस्तो बिरामी रेफर गर्नुपर्ने अवस्था नहुने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा ओम अर्यालले जानकारी दिनुभयो । 
     
    “अहिले यो सेवा नहुँदा केही बिरामीलाई रेफर गरेर पठाउनुपर्छ”, उहाँले भन्नुभयो, “अब यो सेवा सुरु भएमा ‘मेजर अपरेशन’ अस्पतालमै हुन्छन्, र रेफर दर घट्छ ।” चालु आर्थिक वर्ष २०८०/०८१ का लागि सोही बजेट विनियोजन भएको हो ।  
     
    त्यस्तै अस्पतालको नयाँ तला थप तथा ‘पेडियाट्रिक ब्लक’मा सेवा विस्तार गर्नका लागि औजार खरिदका लागि प्रदेश सरकारले एक करोड, औषधि भण्डारण गृह निर्माणका लागि रु ५० लाख रकम विनियोजन गरिएको छ । त्यस्तै अस्पतालको प्रयोगशाला स्तरोन्नतिका लागि रु ६० लाख, इएचआर वार्षिक सम्भार मूल्यसमेत गरी रु पाँच लाख, फोहरमैला व्यवस्थापनका लागि रु चार लाख, सिकलसेल एनिमिया, थालसेमिया तथा हेमोफेलिया निदान, उपचारका लागि रु पाँच लाख, अस्पतालमा आधारित जेरियाट्रिक वार्ड स्थापना, सामाजिक सेवा इकाइ र एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालन कार्यक्रमका लागि रु ४५ लाख बजेट विनियोजन भएको छ । 
     
    त्यस्तै लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालका लागि ‘ओपिडी’ र ‘जनरल श्यया’ सोध भर्नाका लागि रु पाँच करोड बजेट विनियोजन भएको छ । केही समयअघि मात्रै अस्पतालमा एनआइसियु, दूरविन विधिबाट अपरेशन सेवा सञ्चालनमा आएका छन् । आइसियू र जनशक्ति व्यवस्थापन गर्नु अहिलेको आवश्यकता रहेको जनाउँदै आफूले त्यतातिर ध्यान दिएको निमित्त मेसु डा अर्यालले बताउनुभयो । 
     
    अस्पताललाई प्रदेश सरकारले छ सय श्ययामा स्तरोन्नति गर्ने निर्णयसमेत गरिसकेको छ । अब ‘ओएनएम सर्भे’ गर्न बाँकी रहेको छ । सर्भे भएपछि सोहीअनुसार जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थापन हुने र थप सहज हुने डा अर्यालले बताउनुभयो ।
     
    उक्त अस्पतालमा साविक राप्तीसहित बाँके, बर्दिया, सुर्खेतबाट समेत बिरामी उपचारका लागि पुग्ने गरेका छन् । 

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend