Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध, अरु पदाधिकारीको लागि चुनाव हुने


१२, असार २०८३
  • 83
    SHARES
  • रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध, अरु पदाधिकारीको लागि चुनाव हुने

    काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित हुनुभएको छ । चितवनमा भैरहेको महाधिवेशनमा उपसभापति पदका लागि वाग्लेको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित भएका हुन् ।

    नेता विराजभक्त श्रेष्ठले उपसभापतिमा आफ्नो दावी छाडेर वाग्लेलाई सघाउनुभएको हो । अर्को महिला उपसभापति पदमा भने चुनाव हुने भएको छ । एक पदका लागि इन्दिरा रानामगर, सोविता गौतम, समीक्षा बाँस्कोटा, लिमा अधिकारी र डा. तोसिमा कार्कीले दावी गरेका छन् ।

    केन्द्रीय सदस्यको नतिजा राति सार्वजनिक भए पनि पदाधिकारीको लागि अझै उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन बाँकी छ । दोस्रो चरणको चुनावी कार्यक्रम अन्तर्गत बिहान १ बजे उम्मेदवारको प्रारम्भिक सूची गर्ने कार्यतालिका भए पनि ढिलाइ भएको छ ।

    प्रारम्भिक सूची सार्वजनिकपछि त्यसमा दाबी विरोध र अन्तिम सूची निकालेपछि विद्युतीय मेसिनमा नाम इन्ट्री गराएपछि मतदान शुरू हुनेछ । उपसभापतिमा वाग्लेको मात्रै उम्मेदवारी परेपछि अब एक महिला उपसभापति, एक महामन्त्री (खुला), दुई सहमहामन्त्री (खुला) र एक महिला सहमहामन्त्रीमा चुनाव हुनेछ ।

    महामन्त्री पदका लागि शिशिर खनालले दावी फिर्ता लिनुभएको छ भने मनीष झा, विपिन आचार्य, कबिन्द्र बुर्लाकोटी, रन्जु दर्शना, गणेश पराजुली, सागर ढकाल, गणेश कार्की र प्रमोद न्यौपानेले आकांक्षा देखाएका छन् । सहमतिको प्रयास भैरहेकाले पनि चुनावी प्रक्रियामा ढिलाइ भएको हो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend