Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रास्वपाको प्रथम महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान जारी


१२, असार २०८३
  • 83
    SHARES
  • रास्वपाको प्रथम महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान जारी

    काठमाडाैं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान जारी रहेकाे छ।

    ९९ सदस्यीय केन्द्रीय समितिको मतपरिणाम आइसकेपछि दोस्रो चरण अर्न्तगत पदाधिकारि चयनकका लागि मतदान जारी रहेका हाे । तर केन्द्रीय सदस्यको निर्वाचन जस्तै पदाधिकारीको निर्वाचन पनि ढिलो गरी शुरु भएकाे हाे । बिहीबारनै पदाधिकारीको पनि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएपनि शुक्रबार पनि ढिला गरी शुरु भएको छ।

    बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म पनि पदाधिकारी चयनका लागि आन्तरिक सहमतिको प्रयास जारि राखिएको थियो । तर सहमति हुन नसकेपछि निर्वाचन प्रक्रिया शुरु भएको हो ।

    उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित हुँदा महामन्त्रीमा आकांक्षीको लर्को लागेको थियो । आकांक्षीमध्ये ५ जनाले विपिन आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । रञ्जु दर्शना, जगदिश खरेल, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली र प्रमोद न्यौपानेले आचार्यलाई समर्थन गरेका हुन् ।

    उपसभापति पदका आकांक्षी विराज भक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिँदै प्रस्ताव गरेपछि वाग्ले निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै सोविता गौतम र तोसिमा कार्कीले महिलातर्फको उपसभापतिका लागि प्रतिस्पर्धा गरेका छन् । त्यस्तै, दुई सहमहामन्त्रीका लागि हरि ढकाल, पुकार बम, असिम शाह, निशा डाँगी र रिमा विश्वकर्मा पनि प्रतिस्पर्धामा रहेका हुन् ।

    रास्वपामा उपसभापति–१, महामन्त्री–१, सह–महामन्त्री– २, प्रवक्ता–१, सह–प्रवक्ता–३, कोषाध्यक्ष–१, सह–कोषाध्यक्ष–२ मनोनित हुने भएकाे छन् ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend