काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ चलचित्रको लागि अडिसन आह्वान गरेका छन् । नायिकाको खोजी गर्दै उनले अडिसन आह्वान गरेका हुन् ।
थापा चलचित्र ‘बुलबुल’ र ‘भूठान’का निर्माता हुन् । उनले सार्वजनिक गरेको पोष्टमा निर्माणको चरणमा रहेको रोमान्टिक चलचित्रको लागि नयाँ नायिका चाहिएको बताएका छन् । इच्छुकले क्यूआरमार्फत फर्म भर्न सक्नेछन् ।
फर्म भर्न इच्छुकले तस्बिर र आफ्नो कामको एक मिनेटको छोटो भिडियो तथा बायोडाटा अपलोड गर्नुपर्नेछ । उनले नायिकाका लागि २२ देखि २७ वर्षभित्रको इच्छुकले फम भर्न सक्ने बताएका छन् ।
चलचित्रको निर्देशक रामराजा दाहालले गर्नेछन् । रामराजा दाहाल हाल अस्कर इन्टरनेसनल कलेज अफ फिल्म स्टडिजका प्रिन्सिपल हुन् । उनले यसअघि ‘बशमा छैन मेरो मन’, ‘कसम हजुरको’, ‘गुरुदक्षिणा’, ‘नेपथ्य’लगायत चलचित्रको निर्देशन गरेका थिए ।
फर्म यही असार मसान्तसम्म भरिसक्नुपर्नेछ । छानिएकाहरूको साउनभित्र अडिसन हुनेछ । चलचित्रको छायांकन दसैँपछि हुनेछ ।