Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

च्याट सार्वजनिक भएपछि बोले सुजन चापागाईं, ‘मेरो बदनियत थिएन, क्षमा चाहन्छु’


१३, असार २०८३
  • 86
    SHARES
  • च्याट सार्वजनिक भएपछि बोले सुजन चापागाईं, ‘मेरो बदनियत थिएन, क्षमा चाहन्छु’

    काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा आफूले विभिन्न महिला तथा किशोरीहरूलाई अश्लील तथा आपत्तिजनक सन्देश पठाएको आरोप खेपिरहेका गायक सुजन चापागाईंले पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छन् ।

    उनले केही सन्देश आफूले नजिक ठानेका साथीहरूसँग आदानप्रदान गरेको स्वीकार गर्दै त्यसबाट सिर्जिएको परिस्थितिप्रति माफी मागेका छन् । तर सामाजिक सञ्जालमा सार्वजनिक भएका सबै सामग्री भने आफ्ना नभएको दाबी गरेका छन्।

    हाल ब्याण्ड सुजन चापागाईं एन्ड दि इन्फिनिटीसँग सांगीतिक भ्रमणका क्रममा अस्ट्रेलियामा रहेका चापागाईंले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा सार्वजनिक भएका निजी सन्देशसँग सम्बन्धित विषयले आफूलाई अत्यन्त चिन्तित र दुःखी बनाएको बताएका छन् ।

    चापागाईंले आफ्नो सामाजिक सञ्जाल आफूले मात्र सञ्चालन नगरेको उल्लेख गर्दै विभिन्न समयमा सामाजिक सञ्जाल म्यानेजरहरूले समेत खाता व्यवस्थापन गर्ने गरेको बताएका छन् ।

    सोही क्रममा कतै दुरुपयोग भएको हुन सक्ने आफ्नो प्रारम्भिक अनुमान रहेको उनको दाबी छ। साथै, आफ्नो नाममा सञ्चालन भइरहेका धेरै फेक अकाउन्टहरूबाट समेत यस्ता गतिविधि भएको हुन सक्ने आशंका उनले व्यक्त गरेका छन् ।

    उनले यस्ता गतिविधिलाई अनैतिक र गैरजिम्मेवारपूर्ण भन्दै आवश्यक छानबिन प्रक्रिया सुरु गरिसकेको जानकारी दिएका छन्। अस्ट्रेलियाको सांगीतिक भ्रमण सकिएलगत्तै नेपाल फर्केर कानुनी उपचारको प्रक्रिया अघि बढाउने पनि उनले बताएका छन्।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend