Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘लज्जावती’ का पाँच पोस्टर सार्वजनिक, फिल्म २९ साउनदेखि


१५, असार २०८३
  • 85
    SHARES
  • ‘लज्जावती’ का पाँच पोस्टर सार्वजनिक, फिल्म २९ साउनदेखि

    काठमाडौं । २९ साउनदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लज्जावती’ ले विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । एकैसाथ सार्वजनिक ५ पोस्टरले चरित्र चित्रणबारे प्रकाश पार्छ ।

    सार्वजनिक पोस्टरमा प्रमुख कलाकारलाई प्रस्तुत गरिएको छ । यसले मुख्य पात्रको पहिचानसँगै उनीहरूको प्रेम, सम्बन्ध, संघर्ष तथा ग्रामीण परिवेश झल्काएको छ ।

     

    एक पोस्टरमा अभिनेता मुकुन भुसाल र अभिनेत्री जानुका विश्वकर्मा रोमान्टिक मुद्रामा देखिएका छन्, जसले प्रेमकथा हुनसक्ने बुझ्न सकिन्छ । अर्को पोस्टरमा मुकुनको काँधमा श्रीकृष्ण निरौला रमाइलो शैलीमा चढेको दृश्य छ भने जानुका विश्वकर्मा र मेनुका माझी पनि देखिन्छन् ।

    यसले पारिवारिक सम्बन्धसँगै हास्य र भावनात्मक पक्षलाई पनि समेटिएको अनुमान गर्न सकिन्छ । अर्को क्यारेक्टर पोस्टरमा श्रीकृष्ण र मेनुकासँग मुकुन गम्भीर भावमा देखिएका छन् ।

     

    पोस्टरको पृष्ठभूमिले ग्रामीण र सहरी परिवेश दुवैलाई चित्रण गरेको देखिन्छ, जसले सिनेमाको कथा विविध सामाजिक परिवेशमा आधारित हुन सक्ने संकेत दिन्छ ।

    सबै पोस्टरमार्फत निर्माण टिमले फिल्मको प्रेम, परिवार, सम्बन्ध र सामाजिक कथावस्तुलाई झल्काउने प्रयास गरेको देखिन्छ । टिमका अनुसार फिल्मले प्रेमसँगै समाजका विविध पक्षलाई समेट्ने प्रयास गरेको छ ।

    आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको फिल्मका लेखक तथा निर्देशक राजबहादुर साने हुन् । सौरभ वली प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन् भने दिनेश बुढाथोकी कार्यकारी निर्माताको रुपमा छन् ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend