काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको सदस्यमा वरिष्ठ अधिवक्ता सुजन लोप्चन मनोनित भएका छन् ।
सभापति गगनकुमार थापाले पार्टीको विधानको धारा ३५ अनुसार गठन भएको निर्वाचन समितिको सदस्यमा लोप्चनलाई र अधिवक्ता राजु कटुवाललाई सदस्य सचिव पदमा मनोनित गरेका हुन् ।