Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चलचित्र ‘झिंगे दाउ-२’ को गीत ‘महिमा आमाको’ सार्वजनिक


१६, असार २०८३
  • 90
    SHARES
  • चलचित्र ‘झिंगे दाउ-२’ को गीत ‘महिमा आमाको’ सार्वजनिक

    काठमाडौं । चलचित्र ‘झिंगे दाउ–२’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक भएको छ ।

    सार्वजनिक गीतमा प्रमोद खरेल र मनिषा सुनारको स्वर रहेको हाे। साेही गीतमाडाक्टर कृष्णहरि बरालको शब्द र अर्जुन पोखरेलको संगीत छ । गीतले आमाको महिमाको बयान गरेको हाे । आमा बृद्धाश्रममा बस्नु परेको तीतो यथार्थलाई सिनेमाको यो गीतमा उठान गरिएको छ । गीतले चलचित्रको कथावस्तुको भाव बोकेको निर्माणपक्षले बताएको छ ।

    आगामी असोजको २ गतेदेखि सार्वजनिक हुन लागेको चलचित्रको गीतको भिडियोमा अतिथि कलाकारहरु मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मालाई देख्न सकिन्छ । चलचित्रका मुख्य कलाकारहरू आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुषाल र चैत्यदेवी सिंह पनि गीतमा फिचरिङ भएका छन् । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्रमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी छ ।

    चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल र चैत्यदेवी सिंह लगायतको अभिनय रहेकाे हाे। परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रमा गोविन्द फुयाल शिशिर चालिसेको लेखन, विवेक बस्नेत र ईश्वर सिंखेमानको छायांकन छ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend