Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ असार २६ मा


१७, असार २०८३
  • 92
    SHARES
  • ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ असार २६ मा

    काठमाडौं । ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को ८औँ संस्करण असार २६ गते आयोजना हुने भएको छ । 

    यस अवार्डमा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्डसँगै एक्सट्रिम इनरजेटिक पफर्मर अफ दि इयर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

    रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर कार्यक्रम ललितपुरको पुल्चोकस्थित द प्लाजामा हुने जानकारी दिएको छ । कन्सर्टमा जोन एन्ड द लोकल्सदेखि दीपक बज्राचार्यसहित अन्य चर्चित कलाकारहरू उजन साक्य, समृद्धि राई, मन्त्र ब्यान्ड, शिव परियार, यमन श्रेष्ठ, सलिना बिक, सजिश श्रेष्ठ, कमेडियन प्रभात लामा र कर्मा सिङ लामाको प्रस्तुति रहनेछ ।

    यस वर्ष कुल १४ सांगीतिक विधामा अवार्ड दिइनेछ । अवार्ड प्रदान गरिने विधाहरूमा उत्कृष्ट नव गायक/गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट संगीत निर्देशक, उत्कृष्ट लोकदोहोरी गायक र गायिका, उत्कृष्ट पाश्र्व गायक र गायिका, उत्कृष्ट पप गायक र गायिका, उत्कृष्ट सांगीतिक समूह, उत्कृष्ट हिपहप र आर.एन.बि तथा उत्कृष्ट आधुनिक गायक र गायिका रहेका छन् । 

    गीत संगीतसहित कलाको क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका व्यक्तिलाई एक लाख रुपैयाँ राशिको लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । 

    कार्यक्रममा स्रोताको समेत सहभागिता रहने पिपुल्स च्वाइस अवार्ड पनि रहनेछ । 

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend