Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रास्वपाका ३ वटा केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन


१७, असार २०८३
  • 90
    SHARES
  • रास्वपाका ३ वटा केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन

    काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३ वटा केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन गरेको छ । प्रथम राष्ट्रिय महाधिवेशनपछि आज बसेको पहिलो केन्द्रीय समिति बैठकले केन्द्रीय निर्वाचन, लेखा र अनुशासन आयोगमा पदाधिकारी मनोनयन गरेको हो ।

    केन्द्रीय निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना विघटन गरी यसअघिका पदाधिकारीलाई जिम्मेवारी दिइएको बैठकपछि महामन्त्री विपीनकुमार आचार्यले जानकारी दिनुभयो । बैठकले अनुशासन आयोगको प्रमुखमा कास्कीको अन्नपूर्ण गाउँपालिकाका लेखनाथ पौडेललाई मनोनीत गरेको छ ।

    बैठकअघि आज नविनिर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिनुका साथै प्रमाणपत्र बुझेका थिए ।

    रास्वपाको पहिलो महाधिवेशन यही असार ७ देखि १२ गतेसम्म चितवनमा चलेको थियो । महाधिवेशनबाट ९९ केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

    यस्तै सभापतिमा रवि लामिछाने, उपसभापतिमा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्रीमा विपीन आचार्य, सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित हुनुभएको छ । रास्वपाका वरिष्ठ नेतासहित ११ जना पदाधिकारी मनोनीत हुनेछन् । यस्तै ५१ केन्द्रीय समिति मनोनीत हुने विधानको व्यवस्था छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend