Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल


१८, असार २०८३
  • 97
    SHARES
  • बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल

    काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको नियुक्ति प्रक्रिया र कदमप्रति व्यङ्ग्य गरेका छन्। 

    सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै उनले प्रधानमन्त्री तथा वालेन्द्र शाह नेतृत्वको सरकारको शैलीलाई ‘गजबको तरिका’ भन्दै आलोचना गरेका हुन्। 

    प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले बुधबार नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई त्रिवि सेवा आयोगको अध्यक्षमा नियुक्त गरेपछि महासचिव पोखरेलको यो प्रतिक्रिया आएको हो। 

    विगतमा बालेन शाहसँगै स्थानीय चुनावमा प्रतिस्पर्धा गरेका व्यक्तिलाई नै अध्यादेशमार्फत रिक्त गराइएको राजनीतिक पदमा ल्याइनुले सरकारको दोहोरो चरित्र प्रस्ट पारेको पोखरेलले उल्लेख गरेका छन्।

    विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गर्ने तर आफ्ना मान्छे भर्ती गर्ने भन्दै उनले सरकारको नियतमाथि प्रश्न उठाएका छन्। महासचिव पोखरेलले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने बहानामा विद्यार्थी सङ्गठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको वास्तविक अनुहार अहिले उदाङ्गिएको आरोप लगाएका छन्। 

    काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनिसकेका पूर्वसचिवलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षको कुर्सीमा पुर्‍याएर सरकारले आफ्नो असली रूप देखाएको उनको तर्क छ।

    राजनीतिकरण अन्त्य गर्ने नाममा अध्यादेश ल्याएर पद रिक्त गर्ने र त्यसमा आफ्नै दलको खास मान्छे भर्ती गर्ने कार्यलाई उनले ‘जान्नेलाई छान्ने’ नाराको गजबको रूप भनी टिप्पणी गरेका छन्।

  • अन्तर्राष्ट्रिय मञ्चमा गगनको नयाँ रणनीति : सुजाताको ठाउँमा विनोद चौधरी, कांग्रेसभित्र शक्ति सन्तुलनको बहस चर्कियो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको अन्तर्राष्ट्रिय प्रतिनिधित्वमा महत्वपूर्ण फेरबदल गर्दै एसियाली राजनीतिक

  • राजनीतिमा विद्वान गुरुङको नयाँ सन्देश : ‘पद होइन, जनताको घरदैलोमा पुगेर विश्वास जित्ने अभियान चलाउँछौँ’

    पर्वत । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवं नेपाल तरुण दलका निवर्तमान केन्द्रीय अध्यक्ष विद्वान

  • गगन नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक वैधानिकता अद्यावधिक गर्ने प्रक्रिया

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend