Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मदनलाई दासढुङ्गामा श्रद्धाञ्जली


३, जेठ २०८०
  • 122
    SHARES
  • मदनलाई दासढुङ्गामा श्रद्धाञ्जली

    काठमाण्डौं ।  नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३०औँ स्मृति दिवसका अवसरमा आज दासढुङ्गामा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । नेकपा एमाले चितवनले नेताद्वयको स्मृतिमा कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारीले मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’लाई एमालेले प्रमुख कार्यदिशा बनाएर अघि बढेको चर्चा गर्दै यसबाट विचलित नहुने बताए । 

    “हाम्रो अभियानलाई अघि बढाउँदै गर्दा हाम्रा व्यवहार, आचरण, सक्रियतामा, पहलकदमीमा, जनताका सेवामा केही कमीहरु पनि रहेका छन्”, उनले भने, “त्यो कुरालाई महसुस गर्दै यिनलाई सच्याउँदै अघि बढ्ने छौँ, हामी मदन आश्रितले भने बमोजिमका परिवर्तनकारी सच्चा कार्यकर्ता भएर समाजको अधुरो क्रान्तिलाई पूरा गरी छाड्नेछौँ ।”

    कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवालीले पार्टीमा चौतर्फी आक्रमण भएको भन्दै मदन आश्रितको प्रेरणाले आक्रमणलाई परास्त गर्ने बताए । सो अवसरमा पार्टीका केन्द्र, प्रदेश, जिल्ला स्तरका नेता तथा कार्यकर्ताले मदन आश्रितको प्रतिमामा फूलमाला चढाएर श्रद्धासुमन व्यक्त गरेका थिए ।

    विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । जिप त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जीवित थिए । लामाको वि।सं २०६० मा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend