Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

महँगी र बेरोजगारी नियन्त्रणमा सरकार असफल : नागरिक समाज


२०, असार २०८३
  • 72
    SHARES
  • महँगी र बेरोजगारी नियन्त्रणमा सरकार असफल : नागरिक समाज

    काठमाण्डौ - स्वतन्त्र नागरिक समाजले वर्तमान सरकारको १०० दिनको कार्यकालले नागरिकमा अपेक्षित आशा जगाउन नसकेको टिप्पणी गरेको छ । 

    सरकारको १०० दिनको समीक्षा गर्न आज काठमाण्डौको माइतीघरमा आयोजित कार्यक्रममा वक्ताहरूले सरकारका कामकारबाहीबारे मिश्रित प्रतिक्रिया दिएका हुन् ।

    कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वर्तमान सरकार बनेपछि महँगी, बेरोजगारी र लोकतान्त्रिक संस्थामाथि हस्तक्षेप बढेको आरोप लगाउनुभयो । सरकारले संसदलाई भूमिकाविहीन बनाएको, अध्यादेशमार्फत कानुन संशोधन गरेको र भ्रष्टाचार नियन्त्रणमा पक्षपातपूर्ण व्यवहार देखाएको उहाँको दाबी थियो । 

    यद्यपि, शिक्षा क्षेत्र र केही प्रशासनिक सुधारका कामलाई भने सकारात्मक रूपमा हेरिएको छ । शिक्षाविद् प्राध्यापक डाक्टर नारायण कोइरालाले कक्षा १० र १२ को नतिजा छिट्टै सार्वजनिक हुनु, पाठ्यक्रम सुधार र विद्यालय म्यापिङ हुनु उत्साहजनक रहेको बताउनुभयो । 

    त्यस्तै, राजनीतिक विश्लेषक देवेश झाले भ्रष्टाचारविरुद्धको अभियान, सरकारी जग्गा अतिक्रमण हटाउने कार्य र ड्राइभिङ लाइसेन्स वितरणमा भएको सुधार प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । 

    तर जनजीविका र सुकुम्वासी व्यवस्थापनमा सरकार अझै गम्भीर हुनुपर्ने उनीहरूको सुझाव छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend