Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आफ्नो पक्षमा कति लाइक आउँछ भन्नेमा सरकार केन्द्रित भयो : गगन थापा


२१, असार २०८३
  • 74
    SHARES
  • आफ्नो पक्षमा कति लाइक आउँछ भन्नेमा सरकार केन्द्रित भयो : गगन थापा

    काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले विधि, प्रक्रिया र कानुनी व्यवस्थालाई बेवास्ता गर्दै काम गर्न थालेको आरोप लगाएका छन् ।

    सरकारका १०० दिनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको समीक्षात्मक कार्यक्रममा बोल्दै सभापति थापाले वालेन्द्र शाह नेतृत्वको सरकारले २०७४ सालको निर्वाचनपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सरकारले जस्तै काम गर्न थालेको आरोप लगाए ।

    उनले सरकारले विधि र प्रक्रिया भन्दा परिणाम दिन्छु भन्दै कानुन विपरीतका काम गर्न उद्धत रहेको टिप्पणी गर्दै राज्य सञ्चालनमा पारदर्शीता, जवाफदेहिता र कानुनी शासनको पूर्ण पालना आवश्यक रहेको स्पष्ट पारे । सभापति थापाले सरकारका पछिल्ला निर्णय र गतिविधिप्रति असन्तुष्टि जनाउँदै कानुनको शासन कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने बताए ।

    उनले राज्य सञ्चालनमा पारदर्शीता, जवाफदेहिता र कानुनी शासनको पूर्ण पालना आवश्यक रहेको उल्लेख गर्दै सरकारले कानुन मिच्ने प्रयास गरे प्रतिपक्षले सशक्त रूपमा खबरदारी गर्ने चेतावनी समेत दिए ।

    उनले सय दिन भित्र सरकारले विश्वास जगाउने नभएर आशंका जगाउने काम गरेको बताउँदै जनताको जीवनमा प्रत्यक्ष प्रभाव पर्ने काममा भन्दा आफ्नो पक्षमा कति लाइक आउँछ भन्नेमा सरकार केन्द्रित रहेको दाबी गरे ।

    सभापति थापाले हचुवाको भरमा संविधान संशोधन जस्ता विषय चलाए मुलुक फेरि हर्काे भड्खालोमा पर्ने भन्दै समावेशीता र भाषाको संवेदनशीलतालाई बुझ्न सरकारलाई सचेत गराए । सभापति थापाले काठमाडौँ महानगरले सुकुम्वासी बस्तीमा चलाएको डोजर प्रसंग जोड्दै थापाले सरकारले कानुनी प्रक्रिया र मानवीय संवेदनालाई लत्याएको टिप्पणी गरे ।

    साना व्यवसायीदेखि ठूला उद्योगीसम्म कसैले पनि ढुक्कसँग लगानी गर्ने वातावरण नबनेको र सरकारले आर्थिक संकुचन हटाउन ध्यान नदिएको उनले आरोप लगाए । परराष्ट्र नीतिका सन्दर्भमा पनि सरकारले राष्ट्रिय सहमति बनाउनुको साटो क्षणिक वाहवाहीका लागि मात्र काम गरिरहेको थापाको जिकिर छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend