Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एडीबीले नेपालमा २०२९ सम्म २.४ अर्ब डलर लगानी बढाउने, अध्यक्ष कान्डा भ्रमणमा


२३, असार २०८३
  • 78
    SHARES
  • एडीबीले नेपालमा २०२९ सम्म २.४ अर्ब डलर लगानी बढाउने, अध्यक्ष कान्डा भ्रमणमा

    काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) र नेपालबिचको सहकार्य ६०औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा एडीबीका अध्यक्ष मासातो कान्डा नेपाल भ्रमणमा आएका छन् ।

    सोमबार नेपाल आइपुगेका कान्डाले मंगलबार प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहसँग भेटवार्ता गरेका छन् । एडीबीका अनुसार यस भेटवार्तामा नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र लगानी अभिवृद्धिका लागि द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको छ ।

    भेटका क्रममा अध्यक्ष कान्डाले नेपाल हाल एक महत्त्वपूर्ण मोडमा रहेको र यहाँ गतिशील एवं उत्थानशील अर्थतन्त्र निर्माण गर्ने ठुलो अवसर प्राप्त भएको बताएको एडीबीले जनाएको छ ।

    नेपालको सबैभन्दा ठुलो बहुपक्षीय विकास साझेदारका रूपमा एडीबीले आफ्नो सहयोगलाई अझ बढाउँदै सन् २०२९ सम्ममा २.४ अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको जानकारी गराउँदै अध्यक्ष कान्डाले आफूहरूको मुख्य ध्यान नागरिकका लागि परिणाममुखी काम गर्ने, बढी रोजगारी सिर्जना गर्ने रहेको प्रस्ट पारेका छन् ।

    अध्यक्ष कान्डाको यस भ्रमणका क्रममा एडीबीले आफ्नो वार्षिक प्रतिबद्धता अन्तर्गत कुल १६ करोड ५० लाख अमेरिकी डलरका दुई वटा महत्त्वपूर्ण ऋण सम्झौतामा हस्ताक्षर समेत गरेको छ ।

    यस अन्तर्गत ११ करोड ५० लाख डलरको खानेपानी परियोजनामार्फत नेपालका ८ लाख ५० हजारभन्दा बढी नागरिकलाई भरपर्दो एवं सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराइनेछ भने अर्को ५ करोड डलरको नीतिगत ऋण सहयोगमार्फत नेपालको सीमापार सामान ओसारपसार प्रणालीलाई आधुनिकीकरण र डिजिटलाइजेसन गरी व्यवसायीहरूको लागत घटाउन र कार्यक्षमता बढाउन मद्दत पु¥याएको एडीबीले जनाएको छ ।

    भ्रमणकै क्रममा अध्यक्ष कान्डाले एडीबीको लगानीमा सञ्चालित विभिन्न आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नर्वेकी राजदूत ड्याग्नी मजोससँग मिलेर काठमाडौँको विद्युत् आपूर्ति सुदृढ बनाउन निर्माण गरिएका दुई वटा सबस्टेसनहरूको भर्चुअल माध्यमबाट उदघाटन समेत उनले गरे ।

    यसैगरी शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगै उनले सन् २०१५ को भूकम्पपछि पुनर्निर्माण गरिएको र हाल आधुनिक विज्ञान तथा प्रविधि सुविधाले सम्पन्न एक विद्यालयको भ्रमण गरे, जहाँ शिक्षक र विद्यार्थीहरूलाई बजार अनुकूल सिप सिकाउन आर्टिफिसियल इन्टेलिजेन्स सिकाइ सम्बन्धी पाइलट प्रोजेक्टहरू समेत सुरु गरिएको छ ।

    अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भएको छुट्टै भेटवार्तामा नेपालको आर्थिक सुधारका कार्यसूची, व्यावसायिक वातावरण, लगानी परिचालन र सरकारका प्राथमिकताहरूमा केन्द्रित रहेर छलफल भएको एडीबीले जनाएको छ ।

    अध्यक्ष कान्डाले नेपालका प्रमुख निजी क्षेत्रका नेतृत्वकर्ताहरूसँग पनि भेट गरी लगानीका अवसर, चुनौती र रोजगारी सिर्जनाका विषयमा विचार आदानप्रदान गरेको बताइएको छ ।

    एडीबीले नेपालका लागि तयार पारेको साझेदारी रणनीति (२०२५–२०२९) अन्तर्गत वार्षिक ऋण प्रवाहलाई यो वर्ष ६६ करोड डलरसम्म पु¥याउने र आगामी वर्षहरूमा रोजगारी सिर्जना, दिगो पूर्वाधार, महिला तथा विपन्न वर्गको सशक्तीकरण र डिजिटल रूपान्तरणलाई प्राथमिकता दिँदै हरित तथा स्थानीय मुद्रा बन्ड जस्ता नवीन वित्तीय उपकरणहरू परिचालन गर्ने योजना बनाएको एडीबीले जनाएको छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend