Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बेरुजु छलफलका लागि ५ उपसमिति गठन, रास्वपाले ३ राख्दा बाँकी २ वटामा एमाले र राप्रपा


२६, असार २०८३
  • 91
    SHARES
  • बेरुजु छलफलका लागि ५ उपसमिति गठन, रास्वपाले ३ राख्दा बाँकी २ वटामा एमाले र राप्रपा

    काठमाण्डाै – सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले बेरुजुमाथि विस्तृत छलफल र अध्ययन गर्न ५ वटा उपसमिति गठन गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले उपसमिति गठन गरेको हो ।

    समितिका सभापति भरतबहादुर खड्काको नेतृत्वमा बसेको बैठकले सरकारी निकायमा आर्थिक पारदर्शिता कायम गर्न र थुप्रिएको बेरुजुलाई समयमै फर्छ्याेट गर्ने उद्देश्यका साथ मन्त्रालय र निकायलाई ५ वटा समूहमा विभाजन गरेको छ ।

    अर्थ र सुशासन उपसमितिको संयोजकमा रुकेश रञ्जित चयन हुनुभएको छ । राज्य सुरक्षा, न्याय, कानून र प्रशासन उपसमितिको संयोजकमा यज्ञबहादुर बोगटी हुनुहुन्छ ।

    खुश्बु ओलीको संयोजकत्वमा भौतिक पूर्वाधार, पर्यटन र विकास उपसमिति तथा आर्थिक उत्पादन, विज्ञान प्रविधि, वातावरण र मानव उपसमितिको संयोजकत्वमा खगेन्द्र सुनार हुनुहुन्छ । सामाजिक न्याय, कल्याण र समावेशीकरण उपसमितिको संयोजकमा मनिष झा हुनुहुन्छ ।

    सभापति खड्काले सार्वजनिक लेखा समितिका उपसमितिहरू गठन भइसकेकाले अब समितिको कामले गति लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले समितिको उद्देश्य प्राप्तिका लागि सहयोग गर्न सबै राजनीतिक दलका नेताहरूलाई अपीलसमेत गर्नुभयो ।

    यसअघिको बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सबै उपसमितिको संयोजकमा दाबी गरेसँगै बैठक स्थगित भएको थियो । तर आजको बैठकमा भने सहमतिअनुसार एमाले र राप्रपाले १/१ उपसमिति संयोजक पाएका छन् भने बाँकी ३ उपसमितिको नेतृत्व रास्वपाले पाएको छ । बोगटी नेकपा एमालेका तथा ओली राप्रपाका सांसद हुनुहुन्छ । त्यस्तै सुनार, झा र रञ्जित रास्वपाका सांसद हुनुहुन्छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend