Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रतिनिधि सभा नियमावलीका केही प्रावधानविरुद्ध कांग्रेसको सर्वोच्चमा रिट


२६, असार २०८३
  • 83
    SHARES
  • प्रतिनिधि सभा नियमावलीका केही प्रावधानविरुद्ध कांग्रेसको सर्वोच्चमा रिट

    काठमाडौ । नेपाली कांग्रेसले प्रतिनिधि सभा नियमावली, २०८३ का केही प्रावधान संविधानसँग बाझिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ। शुक्रबार दर्ता भएको उक्त रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले आगामी साउन ३१ गते संवैधानिक इजलासमा पेशी तोकेको छ।

    रिटमा नियमावलीका केही व्यवस्था संविधानविपरीत रहेको, नियमावलीलाई ऐनभन्दा माथि राख्ने प्रयास गरिएको, राष्ट्रिय सभाको अधिकार क्षेत्रमा हस्तक्षेप भएको तथा नियम १४०(११) र नियम २५९ संविधानको धारा २७४(८)सँग बाझिएको उल्लेख गर्दै ती प्रावधान खारेज गर्न माग गरिएको छ।
    रिट राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलकी नेता कमलादेवी पन्त, प्रमुख सचेतक पदमबहादुर परियार, प्रतिनिधि सभामा संसदीय दलका उपनेता अभिषेक प्रताप शाह तथा प्रमुख सचेतक बासना थापाले संयुक्त रूपमा दर्ता गर्नुभएको हो।

    प्रतिनिधि सभा नियमावली, २०८३ गत जेठ १७ गते कांग्रेसलगायतका विपक्षी दलहरूको विरोध र नाराबाजीका बीच बहुमतका आधारमा पारित भएको थियो। त्यसबेला कांग्रेसले नियमावली मस्यौदाका केही प्रावधानमा थप छलफल आवश्यक रहेको भन्दै विषयगत समितिमा पठाउन माग गरेको थियो। तर सभामुख डोलप्रसाद अर्यालले समितिमा पठाउनुपर्ने अवस्था नरहेको भन्दै नियमावली पारित गर्ने प्रक्रिया अघि बढाउनुभएको थियो। उक्त मस्यौदा समिति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा समितिका संयोजक गणेश पराजुलीको नेतृत्वमा रहेको थियो।

    रिटका मस्यौदाकार अधिवक्ता राजु कटुवालका अनुसार प्रतिनिधि सभा, संघीय संसद सचिवालय, सभामुख डोलप्रसाद अर्याल, मस्यौदा समिति संयोजक गणेश पराजुली तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई विपक्षी बनाइएको छ। रिटमार्फत विवादित प्रावधानहरू बदर गरी तिनको कार्यान्वयन तत्काल रोक्न अन्तरिम आदेशसमेत माग गरिएको छ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend