Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्रपतिद्वारा ३ वटा विधेयक प्रमाणीकरण


३०, असार २०८३
  • 80
    SHARES
  • राष्ट्रपतिद्वारा ३ वटा विधेयक प्रमाणीकरण

    काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी ३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले सङ्घीय संसदबाट पारित भएका आउँदाे आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित ३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विनियोजन विधेयक २०८३, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

    विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानूनी बाटो खुलेको छ ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको गएको जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुभएको थियाे । सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएको छ । बजेटमा चालू खर्चतर्फ ५९.८ प्रतिशत, पूँजीगततर्फ २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १९.९ प्रतिशत रकम विनियोजन भएको छ ।

    सरकारले आन्तरिक राजस्वबाट १४ खर्ब ५ अर्ब रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राख्दै बाँकी स्रोत वैदेशिक अनुदान, ऋण र आन्तरिक ऋणबाट बेहोर्ने उल्लेख गरेको छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend