Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ


२, साउन २०८३
  • 68
    SHARES
  • सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ

    काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताएका छन् ।

    पार्टीको खाँडादेवी–काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष घिसिङले आम नागरिक मात्रै नभई उद्योग व्यवसायमा समेत सरकारले विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताएका हुन् ।

    निराशाकै कारण व्यापारी र केही युवाहरूले आत्मदाह गर्नुपर्ने परिस्थिति बनेको भन्दै उनले पूर्ण रूपमा नभए पनि केही हदसम्म सरकार जिम्मेवार रहेको टिप्पणी गरे । दुई तिहाइ नजिकको सरकारले जनताको आशा र भरोसालाई झन् निराशामा बदल्ने काम गरे नेपाल फेरि अर्को द्वन्द्वतिर जाने सम्भावना ठुलो रहने उनले बताए । उनले आफूहरूको चाहना सरकार पाँच वर्ष टिकोस् भन्ने रहेपनि अहिलेसम्मको काम हेर्दा पाँच वर्ष टिक्ने सङ्केत नदेखिएको तर्क गरे ।

    अध्यक्ष घिसिङले आफ्नो पार्टी कुनै स्टन्ट गरेर वा एउटा क्षणिक सोचमा अगाडि बढ्ने पार्टी नभएको भन्दै देशमा उत्पन्न हुने जस्तोसुकै चुनौतीको सामना गर्न पनि तयार रहेको बताए । अध्यक्ष घिसिङले यसअघि कुनै पार्टीसँग चाहिँ एकीकरण गरेर ठुलो गल्ती भएकाले अब कुनै पार्टीमा गएर उज्यालो नेपालको अस्तित्वलाई मेटाउने काम कुनै पनि हालतमा नहुने स्पष्ट पारे ।

    उनले वर्षाको मौसमपछि देशव्यापी रूपमा तीन महिनाको कार्यक्रम घोषणा गर्ने जानकारी समेत दिए । हरेक गाउँपालिकामा पुगेर जनताको समस्या बुझ्ने काम आफूहरूले गर्ने उनको भनाइ छ ।

    उनले अबको स्थानीय निकायको चुनाव र प्रदेशको चुनावमा उज्यालो नेपाल पार्टीले नै जित्ने र त्यसपछिको सङ्घको चुनावमा उज्यालो नेपाल बाहेक जनताले अरू कुनै पार्टी नरोज्ने दाबी गरे ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend