Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बीपीको स्मृतिमा कांग्रेसका विशेष कार्यक्रम, के–के हुँदैछन् ? (सूचीसहित)


४, साउन २०८३
  • 77
    SHARES
  • बीपीको स्मृतिमा कांग्रेसका विशेष कार्यक्रम, के–के हुँदैछन् ? (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवस साउन ६ र ७ गते देशभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ।

    सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति विश्वप्रकाश शर्माले काठमाडौं उपत्यकामा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम तथा नवीन अभियान घोषणा गर्दै स्मृति दिवस मनाइने जानकारी दिए।

    कांग्रेसका अनुसार साउन ६ गते ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नारासहित ललितपुरमा ५ किलोमिटर ‘ग्रीन रन’ आयोजना गरिनेछ। बिहान ६ बजे यूएन पार्कबाट सुरु हुने प्रतियोगितामा महिला र पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ।

    यसै अवसरमा ‘मानवीय सहयोग कोष’ स्थापना गरिने कांग्रेसले जनाएको छ। ‘ग्रीन रन’मा सहभागी हुनेको सङ्ख्याअनुसार पार्टीले आफ्नै कोषबाट रकम थपेर कोष निर्माण गर्नेछ, जसको रकम विस्थापित सुकुम्बासी परिवारका ज्येष्ठ नागरिक र बालबालिकाको हितमा खर्च गरिने बताइएको छ।

    प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, २५ हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै चौथो, पाँचौँ र छैटौँ हुनेलाई पनि नगद पुरस्कारसहित ट्रफी र मेडल प्रदान गरिने कांग्रेसले जनाएको छ।

    12

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend