Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

देशभरि सकियो ७४ प्रतिशत धान रोपाइँ, लुम्बिनीमा गत वर्षभन्दा सुस्त


४, साउन २०८३
  • 72
    SHARES
  • देशभरि सकियो ७४ प्रतिशत धान रोपाइँ, लुम्बिनीमा गत वर्षभन्दा सुस्त

    काठमाडौं । यस वर्ष सोमबारसम्म देशभरि करिब ७४ प्रतिशत धान रोपाइँ सकिएको छ ।

    कृषि विभागको तथ्यांक अनुसार नेपालमा धान खेती हुने कुल १३ लाख ७३ हजार ८ सय ६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १० लाख ११ हजार ३ सय २ हेक्टरमा रोपाइँ सकिएको छ । यो कुल क्षेत्रफलको ७३.६१ प्रतिशत हो ।

    गत वर्ष सोही अवधिसम्म देशभरि ७२.१४ प्रतिशत रोपाइँ भएको थियो । गत वर्ष तुलनामा यस वर्ष समग्र राष्ट्रिय रोपाइँ दरमा झिनो सुधार देखिए पनि अधिकांश प्रदेशमा भने गत वर्षभन्दा कम रोपाइँ भएको तथ्यांकले देखाएको छ ।

    प्रदेशगत आधारमा विश्लेषण गर्दा यस वर्ष सुदूरपश्चिम प्रदेशले धान रोपाइँमा आफूलाई सबैभन्दा अगाडि राखेको छ भने देशकै सबैभन्दा धेरै धान खेती हुने मधेस प्रदेश सबैभन्दा पछाडि देखिएको छ ।

    तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा धान खेती हुने कुल १ लाख ६२ हजार २ सय ५० हेक्टर क्षेत्रफलमध्ये हालसम्म १ लाख ४७ हजार १ सय ६ हेक्टर अर्थात् ९०.६७ प्रतिशतमा रोपाइँ सम्पन्न भइसकेको छ । यद्यपि, अघिल्लो वर्ष साउन ४ सम्म सुदूरपश्चिममा ९६.९९ प्रतिशत रोपाइँ भइसकेको थियो ।

    यस्तै मधेसमा कुल ३ लाख ८२ हजार ४ सय ३३ हेक्टर क्षेत्रफलमध्ये हालसम्म २ लाख २१ हजार ५ सय ४६ हेक्टरमा मात्र धान रोपेर सकिएको छ । यो भनेको कुल क्षेत्रफलको जम्मा ५७.९३ प्रतिशतमात्र हो ।

    यद्यपि, गत वर्ष साउन ४ सम्म मधेसमा जम्मा ४६.८३ प्रतिशत रोपाइँ भएको अवस्था हेर्दा यस वर्ष त्यहाँ सुधार आएको छ ।त्यसैगरी कुल २ लाख ७६ हजार ३ सय ८६ हेक्टर क्षेत्रफल रहेको कोशीमा हालसम्म २ लाख ४ हजार ३ सय ४७ हेक्टर अर्थात् ७३.९४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यही अवधिमा कोशीमा ६१.७१ प्रतिशतमात्र रोपाइँ भएको थियो ।

    लुम्बिनी सहित बागमती, गण्डकी र कर्णाली प्रदेशमा भने गत वर्षको तुलनामा यस वर्ष रोपाइँ दर घटेको छ । लुम्बिनीमा कुल ३ लाख १ हजार ३ सय ७२ हेक्टरमध्ये २ लाख ४३ हजार ४२ हेक्टर (८०.६५ प्रतिशत) मा रोपाइँ भएको छ । गत वर्ष ८७.९३ प्रतिशत रोपाइँ भइसकेको थियो ।

    त्यस्तै बागमतीमा कुल १ लाख १४ हजार ५ सय २४ हेक्टरमध्ये ८८ हजार ५ सय ५७ हेक्टर (७७.३३ प्रतिशत) रोपाइँ भएको छ । गत वर्ष बागमतीमा ८७.१९ प्रतिशत रोपाइँ भएको थियो ।

    गण्डकी प्रदेशमा कुल ९३ हजार ६ सय ६ हेक्टरमध्ये ७३ हजार ३ सय ४९ हेक्टर (७८.३६ प्रतिशत) मा रोपाइँ सकिएको छ, जुन गत वर्ष ७९.२८ प्रतिशतभन्दा केही कम हो ।

    त्यस्तै कर्णालीमा पनि कुल ४३ हजार २ सय ९० हेक्टर क्षेत्रफलमध्ये ३३ हजार ३ सय ५३ हेक्टर (७७.०५ प्रतिशत) रोपाइँ भएको छ, जबकि, गत वर्ष ८७.९३ प्रतिशत रोपाइँ भएको थियो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend