Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रूपन्देहीमा सर्पदंशविरुद्ध विद्यालय अभियान कान्ति माविबाट सुरु


९, साउन २०८३
  • 105
    SHARES
  • रूपन्देहीमा सर्पदंशविरुद्ध विद्यालय अभियान कान्ति माविबाट सुरु

    बुटवल । रूपन्देही जिल्लामा पछिल्लो समय सर्प र सर्पदंशका घटनाहरू बढ्दै गएपछि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयस्तरमा सचेतनामूलक अभियान सुरु गरिएको छ।

    धार्मिक संस्था रुद्र गणको अगुवाइमा युवा अभियन्ता विशाल पाण्डेय र नबिन पौडेलले विभिन्न विद्यालयमा पुगेर विद्यार्थी तथा शिक्षकलाई सर्पको पहिचान, सर्पदंशबाट बच्ने उपाय, सर्पदंश भएमा अपनाउनुपर्ने प्राथमिक उपचार तथा सर्प संरक्षणसम्बन्धी वैज्ञानिक जानकारी प्रदान गर्ने अभियान सञ्चालन गरेका हुन्।

    यस अभियानअन्तर्गत शनिबार बुटवलस्थित कान्ति माध्यमिक विद्यालयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी र शिक्षकहरूलाई सर्पबारे समाजमा प्रचलित भ्रम र अन्धविश्वास हटाउँदै सर्पको जैविक महत्व, विषालु र अविषालु सर्पको पहिचान, सर्पसँग सुरक्षित सहअस्तित्व तथा सर्पदंशको अवस्थामा तुरुन्त अपनाउनुपर्ने सही प्राथमिक उपचारबारे जानकारी दिइएको थियो।

    आयोजकका अनुसार सर्प संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्दै समुदायमा वैज्ञानिक चेतना फैलाउनु अभियानको मुख्य उद्देश्य हो। विशेषगरी वर्षायाममा सर्पदंशका घटना बढ्ने भएकाले विद्यालय तहबाटै सही ज्ञान र सचेतना प्रवाह गर्न आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो।

    रुद्र गणका प्रतिनिधिहरूले आगामी दिनमा रूपन्देहीका अन्य विद्यालय तथा समुदायस्तरमा समेत यस्ता सचेतनामूलक कार्यक्रम विस्तार गर्दै सर्पदंशबाट हुने मानवीय क्षति न्यूनीकरण र सर्प संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धिमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend