Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन


१०, साउन २०८३
  • 88
    SHARES
  • एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन

    काठमाडौं । गृहमन्त्री सुधन गुरूङले विगत आठ वर्षदेखि निमार्णाधीन रसुवागढीस्थित एकीकृत भन्सार कार्यालयको निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

    निरीक्षणका लागि यहाँ आउनुभएका गृहमन्त्री गुरुङले कामदारको सङ्ख्या बढाएर द्रुत रूपमा निर्माणको काम अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले ठेक्का लिएर आलटाल गरी बस्ने ठेकेदार कम्पनी र काममा तदारूकता नदेखाउने प्राविधिक वा अनुगमनकर्ता उपर कारबाही हुने बताउनुभयो ।

    सुरूआतको आठ वर्ष बित्दा पनि निर्माणमा अत्यन्तै ढिलासुस्ती गरिरहेको अवस्थामा गृहमन्त्री गुरूङको निर्देशनले भवन समयमै बन्नेमा आशावादी रहेका स्थानीय बासिन्दाले बताएका छन् ।

    रसुवागढी क्षेत्रको निरिक्षण पश्चात् गृहमन्त्री गुरूङले त्यस भेगमा खटिएका भन्सारका कर्मचारी एवं सुरक्षाकर्मीलाई निर्देशन दिँदै सिमाक्षेत्रको सुरक्षा मजबुद पार्न, सेवा प्रवाह छिटो छरितो तवरले सम्पादन गर्न आग्रह गर्नुभयो ।

    गृहमन्त्री गुरूङको भ्रमणले यहाँ कार्यरत सुरक्षाकर्मीको मनोवल बढेको इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक विक्रम कुवरले बताउनुभयो ।

    यसैबीच शनिबार साँझदेखि भोटेकोसीमा हराइरहेका विद्युतिय ईभीभ्यानका चालकको खोजीकार्य तिब्र पारिएको छ । राजधानीबाट गोताखोरको टोली आएर खोजीकार्यमा जुटेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिनुभयो ।

  • अन्तर्राष्ट्रिय मञ्चमा गगनको नयाँ रणनीति : सुजाताको ठाउँमा विनोद चौधरी, कांग्रेसभित्र शक्ति सन्तुलनको बहस चर्कियो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको अन्तर्राष्ट्रिय प्रतिनिधित्वमा महत्वपूर्ण फेरबदल गर्दै एसियाली राजनीतिक

  • राजनीतिमा विद्वान गुरुङको नयाँ सन्देश : ‘पद होइन, जनताको घरदैलोमा पुगेर विश्वास जित्ने अभियान चलाउँछौँ’

    पर्वत । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवं नेपाल तरुण दलका निवर्तमान केन्द्रीय अध्यक्ष विद्वान

  • गगन नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक वैधानिकता अद्यावधिक गर्ने प्रक्रिया

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend