Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस सभापति गगन थापाको दाबी: पार्टी एकता सहमतिउन्मुख, चार सदस्यीय कार्यदल बन्ने


१०, साउन २०८३
  • 98
    SHARES
  • कांग्रेस सभापति गगन थापाको दाबी: पार्टी एकता सहमतिउन्मुख, चार सदस्यीय कार्यदल बन्ने

    नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको विवाद समाधान गरी एकता कायम गर्ने प्रयास सहमतिउन्मुख रहेको बताएका छन्।

    आइतबार नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाको नेतृत्वमा कांग्रेसबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूसँग भएको भेटमा उनले पार्टी एकताका लागि चार सदस्यीय कार्यदल गठन गर्ने जानकारी दिए।

    थापाले वर्तमान राजनीतिक चुनौती सामना गर्न पार्टी एकता अपरिहार्य रहेको उल्लेख गर्दै मतभेद बढाउने गतिविधि नगर्न सबैलाई आग्रह गरे। साथै, साउन १६ गते तय गरिएको पार्टी एकताका लागि दबाब अभियानको राष्ट्रिय भेला स्थगित गर्न आग्रह गर्दै सहमतिका विषयहरूलाई सूक्ष्म रूपमा टुंग्याउनुपर्ने बताए।

    भेटका क्रममा स्थानीय जनप्रतिनिधिहरूले पार्टी एकता नभए जनतामाझ सकारात्मक सन्देश दिन नसकिने र आवश्यक परे पदबाट राजीनामा दिनेसम्मको चेतावनी दिएका थिए। त्यसको जवाफमा सभापति थापाले त्यस्तो अवस्था आउन नदिने र साउनको तेस्रो सातासम्म सहमति हुने विश्वास व्यक्त गरेका छन्।

    स्थानीय जनप्रतिनिधिहरूले पार्टी एकताको पक्षमा आफ्नो खबरदारी जारी राख्ने र आगामी कदमबारे थप छलफल गरेर निर्णय गर्ने बताएका छन्।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend