Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संकट समाधानमा सबै पक्षलाई जोड्न सरकार सक्षम हुनुपर्छ : गगन थापा


१३, साउन २०८३
  • 75
    SHARES
  • संकट समाधानमा सबै पक्षलाई जोड्न सरकार सक्षम हुनुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सिंहदरबारमा जारी बैठकमा सुझाव दिँदै सरकार खोजेका छन् ।

    सुनसरी घटनालगायतका विषयमा छलफल गर्न रास्वपा सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहभागी भएर निस्किएका थापाले भने, ‘माननीय सभापति मार्फत हामीले सरकारलाई प्रश्न राखेका छौँ । यतिखेर सरकार के गर्दैछ ? कहाँ छ ?’

    सरकारले समन्वय नगरेकोप्रति असन्तुष्टि जनाउँदै सभापति थापाले अघि भने, ‘सरकार बन्दुकको गोलीमा मात्र सीमित हुनुहुन्न । स्टाटसमा मात्र भेटिनुहुन्न । सरकार अभिभावक मात्र होइन, सरकार लिडर पनि हो । लिडरको सबैभन्दा ठूलो स्ट्रेन्थ भनेको उसले कोलाबोरेट गर्न सक्नुपर्छ । उसले अरुलाई विश्वास गर्न सक्नुपर्छ अनि अरुले पनि उसलाई विश्वास गर्छ ।’

    उनले यस्तो अवस्थामा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनु पर्ने बताए । ‘यतिबेला त प्रधानमन्त्रीले तत्कालै सर्वदलीय बैठक बोलाउने हो । प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट्ने हो । प्रदेश र स्थानीय सरकारसँग संवाद गर्ने हो । सबैबाट साझा प्रयास गर्ने कुराको एउटा आधार तयार गर्ने हो’, उनले भने ।

    उनले सरकारले नबोलाए पनि रास्वपाले प्रमुख दलको हैसियतमा समयमा बैठक बोलाएको भन्दै आभार प्रकट गरे । उनले अघि थपे, ‘यो बेलामा नेपाली कांग्रेस पार्टीको तर्फबाट जे भूमिका निर्वाह गरेका छौं, जानकारी गरायौं ।’

    सभापति थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तरनिहित पूँजी भएको बताउँदै यसबारे बैठकमा जानकारी गराएको बताए । बैठकमा उनले सुनसरीलगायतका तल्लो तहमा पनि यसरी नै सर्वदलीय बैठक बस्नु पर्ने र त्यसका लागि आफूहरु भूमिका निर्वाह गर्न तयार रहेको बताए ।

    बैठक सिंहदरबारमा जारी छ। सभापति थापा भने आफ्ना कुरा राखेर निस्किएका छन् । पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन भएकोले श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन बैठकबाट निस्किएका हुन् । बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे पनि सहभागी छन् ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend