Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस कार्यकर्तालाई गगन थापाको चेतावनी: हिंसामा संलग्नलाई पार्टीले जोगाउँदैन


१५, साउन २०८३
  • 330
    SHARES
  • कांग्रेस कार्यकर्तालाई गगन थापाको चेतावनी: हिंसामा संलग्नलाई पार्टीले जोगाउँदैन

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका सबै तहका समिति, नेता तथा कार्यकर्ताहरूलाई संयमित, जिम्मेवार र जनउत्तरदायी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।

    तराई मधेशमा धार्मिक हिंसा भड्किएपछि सभापति थापाले काठमाडौंमा उपलब्ध पदाधिकारीसहित कोशी र मधेशका प्रदेश सभा सदस्य र स्थानीय जनप्रतिनिधिसँग भर्चुअल बैठक राखेका थिए।

    बैठकमा सभापति थापाले देशमा सामाजिक सद्भाव, शान्ति र आपसी विश्वास कायम राख्नु आजको सबैभन्दा ठूलो जिम्मेवारी भएको बताए।

    उनले भने, ‘पार्टीका सबै तहका समिति, नेता तथा कार्यकर्ताहरूलाई संयमित, जिम्मेवार र जनउत्तरदायी भूमिका निर्वाह गर्नुपर्छ। हिंसा, तोडफोड, आगजनी वा कानूनविपरीत कुनै पनि गतिविधिमा संलग्न हुने व्यक्तिलाई नेपाली कांग्रेसले कुनै पनि हालतमा संरक्षण गर्दैन। यस्ता कार्यमा संलग्न पार्टी सदस्य वा कार्यकर्तालाई पनि पार्टीले क्षमा गर्दैन।’

    निर्वाचनमा हार–जित लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक पक्ष भएकाले अहिले सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो।

    उनले थपे, ‘राष्ट्र, लोकतन्त्र, संविधान र सामाजिक सद्भावको रक्षा गर्नु नेपाली कांग्रेसको ऐतिहासिक दायित्व हो। सरकार जुनसुकै दलको भए पनि देशमा शान्ति कायम राख्न सहयोग गर्नु सबैको कर्तव्य हो। दोषीमाथि निष्पक्ष र कडा कारबाही, घाइतेहरूको उपचार र पीडितलाई न्याय दिलाउन सरकारसँग हाम्रो स्पष्ट माग छ।’

    देशमा लागेको कुनै पनि हिंसा र द्वन्द्वको आगो निभाउँदै राष्ट्रिय एकता, मेलमिलाप र सामाजिक सद्भाव कायम राख्ने ऐतिहासिक जिम्मेवारी कांग्रेसले सधैँ निभाएको बताए।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend