Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सरकार बनाउने–गिराउने राजनीतिले पार्टीको आधार कमजोर बनायो : प्रचण्ड


१८, साउन २०८३
  • 74
    SHARES
  • सरकार बनाउने–गिराउने राजनीतिले पार्टीको आधार कमजोर बनायो : प्रचण्ड

    काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनाउने र गिराउने राजनीतिमै केन्द्रित हुनु आफ्नो राजनीतिक यात्राको ठूलो गल्ती भएको स्वीकार गरेका छन्।

    सोमबार २४औं बोत्ले स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री बनाउने–फाल्ने र सरकार गठन तथा विघटनलाई नै राजनीतिक सफलताको मापदण्ड बनाउँदा पार्टीको आधार वर्गसँगको सम्बन्ध कमजोर बन्दै गएको बताए।

    उनले मजदुर, किसान तथा उत्पीडित समुदायसँगको सम्बन्ध विस्तारै कमजोर भएको स्वीकार गर्दै यही प्रवृत्तिको प्रभाव प्रदेश र स्थानीय तहसम्म पुगेको उल्लेख गरे। केन्द्रका नेताहरू मन्त्री र प्रधानमन्त्री बन्नेतर्फ केन्द्रित भएपछि प्रदेशका नेताहरू पनि मन्त्री र मुख्यमन्त्री बन्नेमै केन्द्रित हुनु स्वाभाविक बनेको उनको भनाइ थियो।

    प्रचण्डले यस्तो प्रवृत्तिका कारण कम्युनिस्ट आदर्शबाट विचलन भएको स्वीकार गर्दै यही नै प्रमुख गल्ती भएको बताए। साथै, नेताहरूको जीवनशैली परिवर्तन हुँदै सदरमुकाम र राजधानी केन्द्रित भएपछि जनताले उनीहरूलाई कम्युनिस्टका रूपमा विश्वास गर्न छाडेको पनि उनले उल्लेख गरे।

    उनले दस्तावेज र सिद्धान्तमा मात्र सीमित भएर सरकार निर्माणको राजनीतिमा केन्द्रित हुँदा जनतासँगको प्रत्यक्ष सम्बन्ध कमजोर भएको निष्कर्ष समेत व्यक्त गरे।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend