Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति


२०, साउन २०८३
  • 69
    SHARES
  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​ स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स अभियन्ता ज्योति रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति भएको छ।

    सहमतिसँगै रानाभाटने आफ्ना सम्पूर्ण अनसनका कार्यक्रमहरू अन्त्य गर्नुभएकाे हाे। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, ब. मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त चन्द्र ओझा र कानून अधिकृत जय प्रसाद सुवेदी तथा अभियन्ता रानाभाटबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।

    सहमति अनुसार सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूमा कार्यरत नर्स, मिडवाइफ र स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तथा सेवा सुविधा निर्धारणका लागि ७ दिनभित्र कार्यदल गठन गरी ६ महिनाभित्र काम सम्पन्न गरिने भएकाे हाे ।

    त्यस्तै, अस्पतालहरूमा ‘मिनिमम सर्भिस स्ट्यान्डर्ड’  र ‘पेशेन्ट सेफ्टी’ अनिवार्य लागू गर्ने, छात्रवृत्ति प्राप्त स्वास्थ्यकर्मी परिचालन निर्देशिका परिमार्जन गर्ने, ‘एक स्वास्थ्यकर्मी-एक स्वास्थ्य संस्था’ मापदण्ड परिमार्जन गर्ने, तथा प्रवेश परीक्षा नीति सुधार गर्नेजस्ता तत्काल कार्यान्वयन गर्नुपर्ने विभिन्न बुँदाहरूमा सहमति जुटेको छ।

    त्यसैगरी, दीर्घकालीन, नीतिगत सुधारका लागि नर्सरमिडवाइफ, बिरामीको अनुपात कायम गर्न दरबन्दी सिर्जना गर्ने, करार सेवालाई क्रमशः हटाएर स्थायी पदपूर्ति गर्ने, स्वास्थ्य सेवा ऐन परिमार्जन गरी नर्सिङ क्षेत्रका लागि कम्तीमा २५ प्रतिशत जोखिम भत्ता सुनिश्चित गर्ने र विशेषज्ञ पद सिर्जनाका लागि कार्यदल गठन गर्ने विषयमा दुवै पक्ष सहमत भएका हुन्।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend