Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रास्वपाबाट पालिका चुनावमा उम्मेदवार बन्न ४ चरणको मूल्याङ्कन पार गर्नुपर्ने


२०, साउन २०८३
  • 89
    SHARES
  • रास्वपाबाट पालिका चुनावमा उम्मेदवार बन्न ४ चरणको मूल्याङ्कन पार गर्नुपर्ने

    काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो पालिका चुनावका लागि उम्मेदवार छनोट रूपरेखा सार्वजनिक गरेको छ ।

    नयाँ व्यवस्थाअनुसार पार्टीको तर्फबाट मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष वा सदस्य पदमा प्रतिस्पर्धा गर्न चाहनेले शुरूमा पालिका वा वडा ‘क्यान्डिडेट क्लब’ मा आवेदन दिनुपर्नेछ ।

    आवेदनपछि ४ चरणको मूल्याङ्कन पार गर्नुपर्नेछ । जसमा २५ प्रतिशत भाराङ्क रहेको ‘लिडरशिप एकेडेमी’ को परीक्षण पास हुनु अनिवार्य छ । त्यसपछि २५ प्रतिशत भाराङ्कको जनसम्बन्ध र लोकप्रियता मापन गरिने ‘पोलिटिकल प्रोक्सिमिटी’ र १० प्रतिशत भाराङ्कको ‘समावेशी सम्बोधन’ रहनेछ ।

    सबैभन्दा धेरै ४० प्रतिशत भाराङ्क भने ‘पार्टीको आन्तरिक चुनाव’ लाई दिइएको छ । आन्तरिक मतदानमा क्रियाशील सदस्य, साङ्गठनिक कमिटी र विशिष्ट नेताहरू मतदाता रहनेछन् ।

    आर्थिक लेनदेन, धाँधली र गुटबन्दी रोक्न कडा आचारसंहिता ल्याएको रास्वपाले जनाएको छ । असाधारण परिस्थितिमा भने केन्द्रीय समितिको दुईतिहाइ बहुमतले सीधै उम्मेदवार चयन गर्न सक्नेछ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend