Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आँखा पाक्ने रोगबाट बच्न सरसफाइ र सामाजिक दूरी कायम गर्न सुझाव


२०, साउन २०८०
  • 117
    SHARES
  • आँखा पाक्ने रोगबाट बच्न सरसफाइ र सामाजिक दूरी कायम गर्न सुझाव

    चितवन । चितवन,बुटवल लगायत देशभर यति बेला आँखा पाक्ने रोग निकै बढेर गएको छ । कतिपय पालिका शिक्षण संस्था बन्द गरेर रोग नियन्त्रणमा जुटेका छन् ।

    चिकित्सकले कोभिड–१९ झै हातको सरसफाइ, सामाजिक दूरी कायम गर्नसके रोगबाट बच्न सकिने सुझाव दिएका छन् । भरतपुर आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा.कुमुदिनी सुवेदीले आँखा पाक्ने रोग फैलिन नलिन कोभिड–१९ मा जस्तै हातको सरसफाइ र सामाजिक दूरीमा ध्यान दिनुपर्ने बताउनुभयो ।

    “हामीले कोभिडको जस्तै समय समयमा हात धुनुपर्छ, हातले आँखा छुनु हुँदैन, सङ्क्रमित बिरामीबाट टाढै रहनुपर्छ ।” आँखा पाक्ने रोग (पिङ्क आई डिजिज) विशेषत वर्षा मौसममा बढी देखिने जनाउँदै उहाँले सामान्यतया भाइरसले नै यो रोग फैल्याउने गरेको बताउनुभयो ।

     यो रोग एकबाट अर्कोमा नजिकको सम्पर्क (क्लोज कन्ट्याक्ट) भएको ठाउँमा सर्ने डा सुवेदीले बताउनुभयो ।  “छात्रावास, विद्यालय, अस्पताल, जेल (कारागार) जहाँ धेरै भीडभाड हुन्छ त्यस्तो ठाउँमा एकबाट अर्कोमा सजिलै सर्ने बढी सम्भावना रहन्छ ।” यो रोग एक जनाबाट अर्कोमा फैलिन २४ घण्टादेखि एक हप्ता जति समय लाग्ने जनाउँदै उहाँले तीन हप्तादेखि कसैकसैलाई एक महिनासम्म पनि दुःख दिने जानकारी दिनुभयो ।

     “बिरामी पहिलो पटक हामीकहाँ आउँदा आँखा बिझायो, बिहान उठ्दा आँखा सुनिएको देखियो, आँखा कचेराले टालियो, आँसु बढी आयो, उज्यालोमा हेर्न गाह्रो भयो भन्ने लक्षण लिएर आउनुहुन्छ ।” सुरुमा बिरामीको आँखा हेर्दा बाहिरी कोष सुनिएको, कचेरा लागेको, आँखा रातो भएको देखिने गरेको उहाँको भनाइ छ । आँखा पाक्ने रोगले गम्भीर बनाएको अवस्थामा यसले आँखाको नानी (कर्निया) मा मसिना–मसिना घाउ गराउन सक्ने उहाँले जानकारी दिनुभयो ।

    “आँखा पाकेको बिरामी देख्नुभयो भने त्यसबाट स्वस्थ मानिस टाढै बस्नु राम्रो रहन्छ ।” यसबाट बच्नका लागि कालो चस्मा प्रयोग गर्न उहाँको उहाँकोे  भनाई छ । “चस्माले रोकथाममा सहयोग त पु¥याउँछ, तर एकबाट अर्कोमा सर्दैन भन्ने हुँदैन ।” घरमा कसैलाई आँखा पाक्ने रोग भएको छ भने उहाँबाट टाढै बस्नुपर्ने उहाँले सुझाव छ ।

    “बिरामीले चलाएका सामग्री रुमाल, तौलिया, सिरानीलगायतका सामग्री स्वस्थ मानिसले चलाउन हुँदैन । बिरामीले आँखा पुछेर छोएका बत्तीको स्वीच, ढोकाको ह्याण्डी लगायतका ठाउँमा स्वस्थ मानिसले छोएर आँखामा छोइयो भने यो रोग सर्दछ ।” यो रोग लागेमा अस्पतालमै आएर जचाउन सुझाव दिँदै डा सुवेदीले भन्नुभयो, “परीक्षण नगरी मेडिकलमा गएर औषधि लिनुहुँदैन, मेडिकलमा गएर देखाउँदा आँखा विशेषज्ञले नहेर्न सक्नुहुन्छ ।

     कुनै कुनै घटनामा फर्मासिस्टले औषधि दिँदा केही नराम्रो दुर्घटना भएका जनाउँदै उहाँले आँखा पाक्ने रोग लागेपछि विशेषज्ञ चिकित्सकको राय लिएर मात्रै औषधि राख्न सुझाव दिनुभयो ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend