Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस इतर समूहको राष्ट्रिय भेला: ३२ उपसमिति गठन, कुन समितिको संयोजक को? (सूची)


२१, साउन २०८३
  • 96
    SHARES
  • कांग्रेस इतर समूहको राष्ट्रिय भेला: ३२ उपसमिति गठन, कुन समितिको संयोजक को? (सूची)

    काठमाडौँ । नेपाली कांग्रेस भित्रको इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको ‘राष्ट्रिय भेला’ तयारीका लागि ३२ उपसमिति बनाएर संयोजक चयन गरेको छ ।

    भेलालाई व्यवस्थित र सफल बनाउन डा.शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय  ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको समूहले त्यही समिति अन्तर्गत रहने गरी ३२ उपसमिति बनाएको हो । 

    मूल आयोजक समिति अन्तर्गत विभिन्न जिम्मेवारी बाँडफाँड गर्दै ३२ वटा उपसमितिहरू र तिनका संयोजकहरू तोकिएको प्रचार प्रसार समितिका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

    सार्वजनिक सूची अनुसार नीतिगत प्रस्तावदेखि व्यवस्थापनसम्मका लागि प्रभावशाली नेताहरूलाई उपसमितिका संयोजक बनाइएको छ । 

     

    कुन समितिमा को छन् संयोजक ? 

    १ राजनीतिक प्रस्ताव तयारी समिति : विमलेन्द्र निधि (पूर्वउपसभापति)

    २ साङ्गठनिक प्रस्ताव तयारी समिति : उमाकान्त चौधरी (पूर्वसहमहामन्त्री)

    ३ समसामयिक प्रस्ताव तयारी समिति : एनपी साउद 

    ४ विधान समिति : रमेश लेखक 

    ५ नेपाली कांग्रेसको आर्थिक नीति समिति : डा. प्रकाशशरण महत 

    ६ प्रचार प्रसार समिति : मीन विश्वकर्मा 

    ७ आर्थिक व्यवस्थापन समिति : दीपक खड्का 

    ८ प्रशासन समन्वय समिति : मोहनबहादुर बस्नेत 

    ९. भोजन व्यवस्था समिति : पूर्णबहादुर तामाङ ‘कान्छाराम’ 

    १०. स्वयंसेवक परिचालन समिति : जितजंग बस्नेत 

    ११. सांस्कृतिक समिति : विद्या तिमिल्सीना 

    १२. मञ्च तथा हल व्यवस्थापन समिति : राजु श्रेष्ठ 

    १३. स्वास्थ्य समिति : उमेशजंग रायमाझी 

    १४. विदेशस्थित नेपाली जनसम्पर्क समन्वय समिति : किरण पौडेल 

    १५. ट्रेड युनियन समन्वय समिति : हरिशरण नेपाली 

    १६. भातृ संघ समन्वय समिति : गोविन्द बहादुर शाह 

    १७. शुभेच्छुक संस्था समन्वय समिति : ईश्वरी न्यौपाने 

    १८. आदिवासी जनजाति समन्वय समिति : गणेश लामा 

    १९. दलित समुदाय समन्वय समिति : नृप वड 

    २०. महिला समन्वय समिति : उषा राउत 

    २१. युवा विद्यार्थी परिचालन समिति : कुन्दनराज काफ्ले 

    २२. पेसागत बुद्धिजीवी परिचालन समिति : भीमसेनदास प्रधान 

    प्रदेश समन्वय समितिहरू

    २३. सुदूर पश्चिम प्रदेश : वीरबहादुर बलायर 

    २४. कोशी प्रदेश : गोमा भट्टराई 

    २५. मधेस प्रदेश : पदमनारायण चौधरी 

    २६. बागमती प्रदेश : शिव हुमागाईँ 

    २७. गण्डकी प्रदेश : गुरु बराल 

    २८. लुम्बिनी प्रदेश : गेहेन्द्र गिरी 

    २९. कर्णाली प्रदेश : सीता राना 

    अन्य समन्वय समितिहरू

    ३०. वैदेशिक रोजगार व्यवसायी समन्वय समिति : सीता देवकोटा 

    ३१. जिल्ला काठमाडौँ सम्पर्क समन्वय समिति : मानबहादुर नेपाली 

    ३२ . सचिवालय समन्वय समिति : दीपक प्रसाद कुइँकेल

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend