Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

१५ दिनभित्र नागढुङ्गा–मुग्लिन क्षेत्रका विद्युत् पोल सार्न संसदीय समितिको निर्देशन


२२, साउन २०८३
  • 86
    SHARES
  • १५ दिनभित्र नागढुङ्गा–मुग्लिन क्षेत्रका विद्युत् पोल सार्न संसदीय समितिको निर्देशन

    काठमाण्डाै – प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले विद्युत् पहुँच विस्तार, सडक निर्माणमा समन्वय र वितरण प्रणाली सुधारलगायतका विषयमा सरकारलाई ५ बुँदे निर्देशन दिएको छ ।

    आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले बैठकका निर्णयहरू सार्वजनिक गर्दै सम्बन्धित मन्त्रालय र निकायलाई ५ बुँदे निर्देशन दिनुभएको हो ।

    समितिले अहिलेसम्म केन्द्रीय विद्युत् प्रसारण लाइन नपुगेका कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका दुर्गम क्षेत्रमा विद्युत् पहुँच विस्तार गर्ने कार्यलाई तीव्रता दिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ ।

    त्यस्तै सडक निर्माण शुरू गर्नुअघि सडक विभाग र नेपाल विद्युत् प्राधिकरणलाई सम्बन्धित पालिका तथा निर्माण व्यवसायीसहित संयुक्त सर्वेक्षण गर्न, सडकको ठेक्का सम्झौता हुनुअघि नै विद्युत‍्का पोल, तार र ट्रान्सफर्मरजस्ता संरचना स्थानान्तरणका लागि स्पष्ट कार्ययोजना, समयसीमा र बजेट निर्धारण गर्न समितिले निर्देशन दिएको छ ।

    त्यसैगरी सडक निर्माण र विद्युत् संरचना स्थानान्तरणलाई एकीकृतरूपमा अगाडि बढाउनुपर्ने समितिको निर्णय छ । सडकको अन्तिम डिजाइन र विद्युत् संरचनाको स्थान निर्धारणबीच अनिवार्य समन्वय गरी सडक निर्माण सम्पन्न भएपछि पुनः पोल सार्नुपर्ने अवस्था आउन नदिन सडक विभाग र नेपाल विद्युत् प्राधिकरणलाई सचेत गराइएको छ ।

    समितिले विशेषगरी नागढुङ्गा–मुग्लिन सडक खण्ड विस्तार शुरू भएको ५ वर्ष बितिसक्दा पनि अझै १८२ वटा पोल सार्न बाँकी रहेको तथ्यप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै ती पोलहरू आउँदो १५ दिनभित्र स्थानान्तरण गरी त्यसको जानकारी उपलब्ध गराउन विद्युत् प्राधिकरणलाई आदेश दिएको छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend