Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सिचाई र खानेपानी लिफ्ट गर्ने विद्युत्मा १३ प्रतिशत भ्याट लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति


२३, साउन २०८३
  • 120
    SHARES
  • सिचाई र खानेपानी लिफ्ट गर्ने विद्युत्मा १३ प्रतिशत भ्याट लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति

    काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले कृषि सिँचाइ, खानेपानी र घरायसी प्रयोजनको विद्युत्मा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको भन्दै त्यसको आलोचना गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले सरकारको यो कदमलाई जनविरोधी भनेका छन् । 

     घिसिङका अनुसार यसअघि सिँचाइको महसुल प्रतियुनिट ७ रुपैयाँबाट घटाएर करिब २ रुपैयाँ र सामुदायिक खानेपानी लिफ्टिङको महसुल ९ रुपैयाँबाट ४ रुपैयाँ २० पैसा कायम गरिएको थियो। "कृषि सिँचाइका लागि विद्युत् निःशुल्क गर्दा पनि हुन्छ, यस्ता अत्यावश्यक क्षेत्रमा सहुलियत दिनु पर्नेमा उल्टै १३ प्रतिशत भ्याट लगाउनु दुर्भाग्यपूर्ण छ," उनले भने।

    नेपाली भान्सामा ग्यासको अभाव भइरहेका बेला सरकारले इन्डक्सन चुल्हो प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै घरायसी ग्राहकलाई समेत करको भार थोपरेको घिसिङको तर्क छ। उनले सरकारले ग्यास सिलिन्डरको सट्टा इन्डक्सन चुल्हो बाँड्ने योजना ल्याउनुपर्ने सुझाव दिए ।  "देशमा उत्पादित विद्युत् खेर फाल्ने अनि ग्यासमा लाइन लगाउने कस्तो विडम्बना हो?" उनले भनेका छन् । 

    सामान्य जनता र कृषकलाई कर लगाउनुको सट्टा ठूला उद्योगीहरूबाट 'डेडिकेटेड' र 'ट्रंक लाइन' बापतको अर्बौँ रुपैयाँ बक्यौता उठाउन सरकारले तदारुकता देखाउनुपर्ने घिसिङले उल्लेख गरेका छन्। 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend