Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘छाती पिटेर म कांग्रेसको झोले हुँ भन्न सक्ने पार्टी बनाउँछु’ : गगन थापा


२३, साउन २०८३
  • 112
    SHARES
  • ‘छाती पिटेर म कांग्रेसको झोले हुँ भन्न सक्ने पार्टी बनाउँछु’ : गगन थापा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्शलाई जोगाउँदै कांग्रेसलाई एकताबद्ध बनाउने बताएका छन्।

    सर्वोच्च अदालतको पछिल्लो आदेशपछि कांग्रेसभित्र एकताको विषयमा संस्थापन पक्षमाथि दबाब बढिरहेका बेला सभापति थापाले पार्टीको आत्मा र विचारलाई समाप्त पारेर गरिने एकता स्वीकार्य नहुने बताएका हुन्।

    भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले विशेष महाधिवेशनबाट पारित पार्टीको विचार, सिद्धान्त र आत्मालाई जोगाउँदै कांग्रेसलाई एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे।

    उनले पार्टीभित्र देखिएका मतभेद र असन्तुष्टिलाई संवाद तथा संस्थागत प्रक्रियामार्फत समाधान गर्दै कांग्रेसलाई थप बलियो बनाउने बताए।

    थापाले यस विषयमा आवश्यक छलफल र निर्णयका लागि आजै पदाधिकारी बैठक बस्ने जानकारी दिए। उनका अनुसार भोलिबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकले पार्टी एकता तथा आगामी रणनीतिबारे आवश्यक निर्णय गर्नेछ।

    सभापति थापाले कांग्रेसलाई सबै कार्यकर्ता र समर्थकले गौरव गर्न सक्ने पार्टीका रूपमा विकास गर्ने दाबी पनि गरे।

    उनले कांग्रेसप्रति आफ्नो राजनीतिक आस्था र पहिचानलाई लिएर कसैले पनि संकोच मान्न नपर्ने वातावरण निर्माण गर्ने बताए। ‘कांग्रेसको झोले’ भनेर आलोचना गरिए पनि त्यसलाई गर्वका साथ स्वीकार गर्न सक्ने पार्टी निर्माण गर्ने उनको भनाइ थियो।

    थापाले कांग्रेसलाई केवल सांगठनिक रूपमा एकताबद्ध गर्ने नभई पार्टीको विचार, आदर्श र राजनीतिक पहिचानलाई बलियो बनाउँदै अघि बढाउने संकेत गरेका छन्।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend