Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस संस्थापन इतर समूहकाे राष्ट्रिय भेलामा शेखर कोइराला सहभागी हुने


२६, साउन २०८३
  • 100
    SHARES
  • कांग्रेस संस्थापन इतर समूहकाे राष्ट्रिय भेलामा शेखर कोइराला सहभागी हुने

    काठमाडौँ  - नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने भएका छन्। इतर समूहकाे राष्ट्रिय भेला यही साउन २९ गतेबाट काठमाडाैँमा हुँदै छ।

    उक्त भेला पार्टी विभाजनका लागि नभएकाे भन्दै नेता कोइराला सहभागी हुने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए। उनका अनुसार भेलामा सहभागी भएर कोइरालाले पार्टी एकताका लागि आह्वान गर्नेछन्। 

    इतर पक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा साउन २९ देखि भदौ १ गतेसम्म काठमाडौँमा राष्ट्रिय भेलाको आयोजना गर्दै छ। भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा पनि सहभागी हुने बताइएको छ। त्यसका लागि उनी साउन २८ गते स्वदेश फर्किदै छन्।

    यसअघि भेला आयाेजक समितिका संयाेजक शशांकले आफूहरूकाे कदममा शेखरको पनि सहमति रहेको बताएका थिए।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend