Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

६ महिनापछि फर्किएका देउवा बोले– ‘जनता नै सबैभन्दा ठूलो शक्ति हुन्’


२८, साउन २०८३
  • 103
    SHARES
  • ६ महिनापछि फर्किएका देउवा बोले– ‘जनता नै सबैभन्दा ठूलो शक्ति हुन्’

    काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले नेपाली जनता नै देशका वास्तविक मालिक भएको बताएका छन्।

    बिहीबार स्वदेश फर्किएपछि चुनदेवीस्थित कांग्रेस संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले जनताले चाहेको कुरा नै अन्ततः हुने बताएका हुन्।

    देउवाले संविधानसभाबाट गणतन्त्र आएको उल्लेख गर्दै त्यसको श्रेय आफूलाई मात्र नदिने बताए। उनले भने, ‘संविधानसभाले ल्याएको हो, गणतन्त्र। मैले ल्याएको हो? मैले चाहँदा आएको पनि होइन, मैले चाहेर जाँदैन पनि।’

    जनतालाई देशको सर्वोच्च शक्ति भन्दै उनले भने, ‘नेपाली जनता नेपालको मालिक हो, यो मालिकले जे भन्यो त्यही हुन्छ।’

    देउवाले नेपाली जनता र न्यायपालिकामाथि आफूलाई पूर्ण विश्वास रहेको पनि बताए। सर्वोच्च अदालतले पञ्चायतकालदेखि नै निष्पक्ष न्याय दिँदै आएको उल्लेख गर्दै उनले अदालतप्रति आफ्नो विश्वास कायम रहेको बताए।

    झन्डै ६ महिनापछि स्वदेश फर्किएका देउवाले आगामी दिनमा पनि आफू राजनीतिक रूपमा लडिरहने संकेत गरे।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend