Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गगनले चुनाव नलडे, म पनि लड्दिनँ : बस्नेत


२९, साउन २०८३
  • 69
    SHARES
  • गगनले चुनाव नलडे, म पनि लड्दिनँ : बस्नेत

    काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सभापति गगनकुमार थापाले चुनाव नलडे आफू पनि चुनाव नलड्ने बताएका छन् । इतर पक्षको राष्ट्रिय भेलामा बोल्दै बस्नेतले थापाले ५५ वर्षमा राजनीति छाड्छु भनेको र उक्त समय सकिन अब तीन वर्षमात्र बाँकी रहेको बताए ।

    कुनै बेला आफूले थापाको चुनाव क्षेत्र नभएको बोलेको र हाल आएर प्रमाणित भएको बस्नेतले बताए । “गगन थापाको कुनै चुनाव क्षेत्र छैन भनेको थिएँ, त्यो प्रमाणित भएको छ । सिन्धुपाल्चोक एकलौटी कांग्रेस बनाएर आएको हुँ । तपाईंजस्तो भागीभागी अर्काले दुख गरेको ठाउँमा चुनाव लड्न परेको छैन,” बस्नेतले भने ।

    आफू अझै २० वर्ष चुनाव लड्न सक्ने बताएका बस्नेतले सभापति थापाले छाडेको खण्डमा आफूले पनि छाडेर युवा अघि बढाउने बताए । “म छाड्न तयार छु, तपाईं पनि छाड्नुहोस । अब राजनीति गर्दिन, युवालाई जिम्मा लगाउँछु भन्नुहोस, नगर्नुस, म पनि तपाईंजस्तै लड्दै आएको हुँ, तपाईंले लड्नुभएन भने म पनि कुनै चुनाव लड्दिनँ । मुखले होइन, फण्डा गरेर होइन, व्यवहारमा आफूलाई उतारौँ,” उनले भने ।

    विशेष महाधिवेशन पक्षधरले आफूहरूलाई खरानी दस्ता भन्ने गरेता पनि शेरबहादुर देउवाको स्वदेश फिर्तीको क्रममा देखिएको उपस्थितिले विशेष महाधिवेशन नै खरानी दस्ता भएको उनले बताए । बस्नेतले भने, “हिजो हामीलाई विशेष महाधिवेशन पक्षले खरानी दस्ता भन्नुभएको थियो, हिजोको उपस्थितिले खरानी दस्ता चाहिँ विशेष महाधिवेशन भैसक्नुभएको छ ।”

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend