Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश


३०, साउन २०८३
  • 104
    SHARES
  • कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

    काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलाको बन्दसत्रमा विधान संशोधनसहित विभिन्न प्रस्ताव तथा प्रतिवेदन पेश गरिएका छन्।

    बन्दसत्रमा कांग्रेस नेता विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रतिवेदनमा पुस्तान्तरणका नाममा पार्टीका हरेक आन्दोलन र संघर्षका चरणमा योगदान दिएका नेताकार्यकर्तालाई विधि र प्रक्रिया विपरीत अपमानित गर्ने काम भइरहेको उल्लेख गरिएको छ।

    त्यस्तै, १५औँ महाधिवेशनका लागि निर्धारित समयभित्रै क्रियाशील सदस्यता नवीकरण गरिसकेका सदस्यलाई समेत पुनः अद्यावधिक गर्न दबाब दिनु अनुचित भएको निधिको प्रतिवेदनमा उल्लेख छ।

    कांग्रेस नेता रमेश लेखकले विधान संशोधनका लागि अवधारणापत्र प्रस्तुत गर्दै सामान्यतया एक व्यक्ति एकैपटक एक पदमा मात्र जिम्मेवारीमा रहन सक्ने व्यवस्था गर्न प्रस्ताव गरेका छन्।

    लेखकको अवधारणापत्रमा केन्द्रीय महाधिवेशनको कार्यकाल समाप्त हुन ६ महिनाभन्दा कम समय बाँकी रहेको अवस्थामा, राष्ट्रिय निर्वाचन हुन ६ महिना वा सोभन्दा कम समय बाँकी रहेको अवस्थामा तथा पार्टीले केन्द्रीय महाधिवेशनको कार्यतालिका प्रकाशित गर्ने निर्णय गरिसकेको अवस्थामा विशेष महाधिवेशन गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ।

    यसैगरी, बन्दसत्रमा कांग्रेस नेता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको आर्थिक तथा सामाजिक नीतिको कार्यदिशासम्बन्धी प्रतिवेदन र नेता एनपी साउदले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्।

    बन्दसत्रमा प्रस्तुत प्रतिवेदन तथा प्रस्तावमाथि छलफल भइरहेको छ। छलफलपछि आइतबार आवश्यक निर्णयसहित प्रतिवेदन तथा प्रस्ताव पारित गरिने कांग्रेस नेता मोहन बस्नेतले जानकारी दिए।

    बस्नेतले कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउने प्रक्रियामै त्रुटि रहेको दाबी गरेका छन् । उनका अनुसार केन्द्रीय कार्यसमितिको निर्णयबिना सभापति वा महामन्त्रीले मात्र चाहेर विशेष महाधिवेशन बोलाउन वा त्यससम्बन्धी प्रस्ताव पारित गर्न सकिँदैन।

    विशेष महाधिवेशन बोलाउने विषयमा विधानले तोकेको प्रक्रिया पालना गर्नुपर्ने उनको तर्क छ।

  • अन्तर्राष्ट्रिय मञ्चमा गगनको नयाँ रणनीति : सुजाताको ठाउँमा विनोद चौधरी, कांग्रेसभित्र शक्ति सन्तुलनको बहस चर्कियो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको अन्तर्राष्ट्रिय प्रतिनिधित्वमा महत्वपूर्ण फेरबदल गर्दै एसियाली राजनीतिक

  • राजनीतिमा विद्वान गुरुङको नयाँ सन्देश : ‘पद होइन, जनताको घरदैलोमा पुगेर विश्वास जित्ने अभियान चलाउँछौँ’

    पर्वत । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवं नेपाल तरुण दलका निवर्तमान केन्द्रीय अध्यक्ष विद्वान

  • गगन नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक वैधानिकता अद्यावधिक गर्ने प्रक्रिया

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend