Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टी बनाउनुपर्छः सहमहामन्त्री डिला संग्रौला


१, भदौ २०८३
  • 215
    SHARES
  • कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टी बनाउनुपर्छः सहमहामन्त्री डिला संग्रौला

    लतिलपुर । नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले पार्टीलाई समाजका सबै वर्ग र समुदाय अटाउने ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठित गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिएकी छिन् ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार धारणा राख्दै उनले निर्वाचनको पराजय र विभाजनको जोखिमबाट पार्टीलाई जोगाउन इतिहासको चेत र देशप्रतिको जिम्मेवारी अनुभूत गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

    प्रसिद्ध फ्रान्सेली साहित्यकार भिक्टर ह्युगोको भनाइ उद्धृत गर्दै सहमहामन्त्री संग्रौलाले संविधान र गणतन्त्रको रक्षा गर्ने कांग्रेसको विचारको गतिलाई कुनै पनि शक्तिले रोक्न नसक्ने स्पष्ट गरिन् ।

    सहमामन्त्री संग्रौलाले पार्टीको १५ औँ महाधिवेशन घोषित कार्यतालिका अनुसार असोज १६ देखि १९ गतेभित्रै भव्य र व्यवस्थित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिन् ।

    ‘जरा अभियान’ र आफ्नो हालैको साङ्गठनिक भ्रमणका क्रममा कार्यकर्ता तथा आम नागरिकमा अझै पनि कांग्रेसप्रति आशा जीवितै रहेको तर चुस्त साङ्गठनिक परिचालनको खोजी भइरहेको केन्द्रीय कार्यसमितिमा उनले बताइन् ।

    नियमावली, निर्वाचन निर्देशिका, र सदस्यता अद्यावधिकको काम समयमै सक्दै महाधिवेशन तयारी समिति, विधान मस्यौदा समिति तथा प्रचार–प्रसार लगायतका उपसमितिहरू अविलम्ब गठन गर्न माग पनि गरिन् ।

    तराई–मधेशमा विकसित घटनाक्रमबारे धारणा राख्ने क्रममा सहमहामन्त्री संग्रौलाले सामाजिक तथा जातीय सद्भाव बिथोल्ने प्रयासप्रति कांग्रेस गम्भीर हुनुपर्नेमा जोड दिइन् ।

    सुनसरी घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिनका लागि कांग्रेसले अघि सारेको ‘संसदीय छानबिन समिति’ गठनको अडान नै पार्टीको मुख्य ‘बटमलाइन’ हुनुपर्ने उनको भनाइ थियो । बहुजातीय र बहुसांस्कृतिक एकताको वकालत गर्दै मधेशमा शान्ति–सुरक्षा र भ्रातृत्व कायम राख्न कांग्रेसले नै अग्रणी भूमिका खेल्नुपर्नेमा उनको जोड थियो ।

    सरकार गठनको ४ महिना पूरा भइसक्दा पनि वर्तमान सत्ता दिशाहीन, असक्षम र पपुलिस्ट निर्णयहरूमा रमेको भन्दै प्रमुख प्रतिपक्षको रूपमा कांग्रेसले संसदभित्र जनताका मुद्दामा कडा र तार्किक बहस चलाउनु पर्नेमा जोड थियो ।

    प्रदेशहरूमा देखिएको राजनीतिक अस्थिरता र सत्ताको खिचाताणीले सङ्घीयतामाथि नै प्रश्न उठाएकाले यस विषयमा नेपाली कांग्रेस स्पष्टसँग अघि बढ्नु पर्नेमा जोड दिइन् ।

    संग्रौलाले विदेशमा रहेका लाखौँ नेपालीहरूको मताधिकारको ग्यारेन्टी र जनसम्पर्क समितिहरूको सुदृढीकरणका लागि स्पष्ट नीति ल्याउन आग्रह गरिन् ।

    लामो समयदेखि तदर्थवादमा चलेका नेपाल विद्यार्थी संघ, तरुण दल, र महिला संघ लगायतका भ्रातृ संस्थाहरूको विधान समयानुकूल परिमार्जन गरी तत्काल महाधिवेशनको दिशामा लैजानुपर्ने उनको सुझाव थियो ।

    देशको समसामयिक अवस्था र जनजीविकाका सवालमा सरकारले पूर्वतयारी र भण्डारणको अध्ययन नगरी १४।२ केजीको सिलिन्डर भर्ने तदर्थवादी निर्णय गर्दा ग्यासको हाहाकार मच्चिएको आरोप लगाइन् ।

    कूटनीतिक पहल गरी ग्यासको आयात र भण्डारण दोब्बर बढाउन, विद्युत खपतमा लगाइएका अतिरिक्त कर हटाई इन्डक्सन चुलोमा सहुलियत दिन र मुख्य सिजनमा मल नपाएर समस्यामा परेका किसानहरूलाई अनुदानको मल उपलब्ध गराउने विषयमा कांग्रेसले सरकारसँग पहल गर्नु पर्नेमा जोड दिइन् ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend