Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सभामुखको रुलिङपछि कांग्रेसले भन्यो– ७८ दिनदेखिको विरोध स्थगित


१, भदौ २०८३
  • 86
    SHARES
  • सभामुखको रुलिङपछि कांग्रेसले भन्यो– ७८ दिनदेखिको विरोध स्थगित

    काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा ७८ दिनदेखि गर्दै आएको विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेपछि कांग्रेसले सदनको गतिरोध अन्त्य गर्ने निर्णय गरेको हो।

    कांग्रेस सचेतक निश्कल राईले प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा नेपालले भारतको जग्गा मिचेको अभिव्यक्ति दिएको विषयमा आफूहरूको गम्भीर आपत्ति रहेको बताए। उक्त अभिव्यक्ति राष्ट्रिय हितविपरीत भएको भन्दै कांग्रेसले ७८ दिनदेखि निरन्तर विरोध गर्दै आएको उनको भनाइ छ।

    सभामुखले सोमबार गरेको रुलिङलाई कांग्रेसले सम्मान गर्दै तत्कालका लागि सदनमा नियमित अवरोध नगर्ने निर्णय गरेको राईले बताए। उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा संवैधानिक तथा संसदीय संस्थाको गरिमा कायम राख्नुपर्ने भएकाले सभामुखको रुलिङलाई विश्वासका रूपमा लिइएको हो।

    प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो सात दिनभित्र प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार यसै साता प्रधानमन्त्री शाह संसद्मा उपस्थित भएर आफ्ना अभिव्यक्तिबारे स्पष्टीकरण दिने कांग्रेसको अपेक्षा छ।

    तर प्रधानमन्त्रीले सन्तोषजनक जवाफ नदिए वा सभामुखको रुलिङ कार्यान्वयन नभए पुनः आन्दोलनमा उत्रिने चेतावनी कांग्रेसले दिएको छ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend