Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आँखा जोगाउन लायन्स मणिमुकुन्द-लियो गोल्डेनको सक्रियता


२०, साउन २०८०
  • 254
    SHARES
  • आँखा जोगाउन लायन्स मणिमुकुन्द-लियो गोल्डेनको सक्रियता

    देवदह । अहिले रुपन्देहीसहित देशका विभिन्न स्थानमा आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको छ । जसका कारण वालवालिका र अन्य उमेर समुहकालाई पनि उक्त प्रकोपले ग्रसित बनाउँदै गएको छ । 

    आँखा पाक्ने भाइरसले यतिवेला आँखाका क्लिनिकदेखि अस्पतालसम्म विरामीहरुको चाप दिनप्रतिदिन बढ्दै गएको बुटवल आँखा केयरका आँखा रोग विशेषज्ञ डा- प्रभात जिसीले बताउनुभएको छ ।

    डा.जिसीका अनुसार आँखा पाक्ने रोगलाई सामान्य रुपमा नहेर्न र समयमै उपचार गर्न सुझाव दिदै उपचार गर्न ढिलाई गरेमा दीर्घकालीन असर पुर्‍याउन सक्ने वताउनु भयो ।

    सो प्रकोपबाट बच्न बुटवलमा पछिल्लो समय सामाजिक र मानवीय कार्यमा सक्रियता बढाउँदै गएका लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथको सहयोग, केरवानी स्वास्थ्य चौकीको सहकार्य र लियो क्लव अफ बुटवल मणिमुकुन्द युथको आयोजनामा देवदहमा आँखा पाक्ने रोगबाट कसरी बच्ने विषेयक सम्बन्धि एकदिने सचेतना कार्यक्रम गरी नागरिकहरुलाई सुसूचित गराईएको छ । 

    सचेतना कार्यक्रममा देवदह नगरपालिका नगरप्रमुख ध्रुवप्रसाद खरेल, सोही नगरपालिका वडा न- २ का वडाध्यक्ष दलबहादुर राकसकोटी, वडा सदस्यद्धय अण प्रसाद न्यौपाने, प्रसाद गुरुङ, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष थानेश्वर अर्याल, संस्थापक अध्यक्ष कमल थापा (क्षत्री), देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडे लगायतले बोल्दै आँखा संवेदनशील अंग भएकाले उचित स्याहार तथा हेरचाह गर्नुपर्ने आवश्यक्ता औल्याएका थिए।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend