Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न सरकारको निर्देशन


४, भदौ २०८३
  • 117
    SHARES
  • सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न सरकारको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्नका लागि निर्देशन दिनुभएकाे छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार राति एक पत्र जारी गर्दै निर्देशन तथा स्वदेशी उद्यमी–व्यवसायीहरूसँगको हालैको परामर्शका आधारमा यस्ताे निर्देशन गरिएकाे जनाएकाे हाे। संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नियोगहरूलाई आफ्ना कामकारबाहीमा स्वदेशी वस्तु तथा सेवालाई प्राथमिकता दिन अनुरोध गरिएकाे छ।

    स्थानीय सीप र उद्यमको प्रवर्द्धन, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापन गर्ने प्रमुख उद्देश्यका साथ सरकारले यो कदम चालेको हो । जारी पत्र अनुसार अबदेखि सबै सार्वजनिक निकायहरूले स्टेशनरी, फर्निचर, निर्माण सामग्री र खाद्य वस्तु खरिद गर्दा अनिवार्य रूपमा नेपाली उत्पादन नै रोज्नुपर्नेछ। यसका साथै सरकारी बैठक, औपचारिक समारोह तथा कोसेलीका रूपमा नेपाली हस्तकलाका सामग्रीहरूको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको हाे।

    यस व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न सार्वजनिक निकायहरूले आह्वान गर्ने बोल पत्रसम्बन्धी कागजातमा स्वदेशी वस्तुको प्राथमिकता अनिवार्य उल्लेख गर्नुपर्नेछ । साथै, स्वदेशी उत्पादनको प्रयोग भएरनभएको सुनिश्चित गर्न नियमित अनुगमन गरिने र त्रैमासिक रूपमा निरीक्षण गर्ने प्रावधान समेत जारी पत्रमा उल्लेख गरिएको हाे ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend