Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा


८, भदौ २०८३
  • 91
    SHARES
  • कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पार्टीका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन्।

    देउवा र खड्का सोमबार वारेसमार्फत छुट्टाछुट्टै रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार दुवै रिट अहिले अध्ययनको क्रममा छन्।

    ‘रिट पेस भएको छ। दर्ता हुने/नहुने विषयमा अध्ययनपछि निर्णय हुन्छ,’ प्रवक्ता कोइरालाले बताएका छन्।

    यसअघि पनि देउवा पुगेका थिए सर्वोच्च

    देउवाले यही विषयलाई लिएर गत शुक्रबार भदौ ५ गते पनि सर्वोच्चमा रिट पेस गरेका थिए। तर कार्यालय समय सकिन लागेकाले आवश्यक ‘करेक्सन’ गर्नुपर्ने भन्दै उक्त रिट फिर्ता लगिएको थियो।

    त्यसपछि देउवा र खड्काले छुट्टाछुट्टै रूपमा रिट पेस गरेका हुन्।

    महाधिवेशन र कानुनी विवाद जोडिँदै

    कांग्रेसको २०८२ पुसमा सम्पन्न विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधता दिएको थियो। आयोगको उक्त निर्णयविरुद्ध परेको विवादमा सर्वोच्च अदालतको संयुक्त इजलासले समेत आयोगको निर्णय सदर गरेको थियो।

    तर देउवा समूहकै निवेदनका आधारमा सर्वोच्चमा यसअघिको फैसलामाथि पुनरवलोकनको प्रक्रिया अघि बढिरहेको छ।

    यही अवस्थामा कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउँदा थप कानुनी जटिलता उत्पन्न हुनसक्ने भन्दै देउवा र खड्काले महाधिवेशन रोक्न माग गरेका हुन्।

    अब सर्वोच्चले रिट दर्ता गर्छ कि गर्दैन भन्ने विषयसँगै कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया तत्काल अघि बढ्छ वा कानुनी विवादका कारण रोकिन्छ, भन्ने विषयमा राजनीतिक वृत्तको ध्यान केन्द्रित भएको छ।

    देउवा र खड्का सर्वोच्च पुगेपछि कांग्रेसभित्रको आन्तरिक विवादले थप कानुनी मोड लिएको छ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend