Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संकटका बेला सरकारलाई साथ दिनुपर्छ : गगन थापा


१०, भदौ २०८३
  • 112
    SHARES
  • संकटका बेला सरकारलाई साथ दिनुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् र संकटका बेला सबै राजनीतिक दल एकजुट भएर सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् ।

    सानेपामा सुरु भएको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सम्बोधन गर्ने क्रममा उनले विपद्को समयमा सरकारलाई सहयोग गर्नु कांग्रेसको परम्परा र स्वभाव नै रहेको बताए ।

    ‘संकटको बेलामा नेपाली कांग्रेसको परम्परा रहँदै आएको छ । हाम्रो स्वभाव पनि यही हो । यो बेलामा राष्ट्रिय राजनीतिको जुनसुकै भूमिकामा भएको भएता पनि हामी सबै राजनीतिक दलहरू एकजुट हुनुपर्छ,’ सभापति थापाले भने ।

    उनले विपद्को सामना गर्न सरकारले अघि बढाउने सबै काममा राजनीतिक दलहरूले सहयोग गर्नुपर्ने पनि बताए । ‘सरकारलाई यो बेला सबैले मद्दत गर्नुपर्छ भन्ने कुरा ठान्छौं,’ थापाले भने ।

    सभापति थापाले घटना भएलगत्तै कांग्रेसले सरकारसँग समन्वय गरेर उद्धार तथा राहतका काममा पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको पनि बताए ।

    ‘घटना हुनासाथै तत्कालै पार्टीको तर्फबाट दलका नेता भीष्मराज आङ्देम्बे र प्रभावित क्षेत्रका सांसद मोहन आचार्यलगायतका साथीहरू सरकारले बोलाएको बैठकमा उपस्थित भएर पार्टीको तर्फबाट सरकारले गर्ने सम्पूर्ण काममा साथ र सहयोग रहन्छ भन्ने पार्टीको पोजिसन राखिसक्नुभएको छ,’ उनले भने ।

    सभापति थापाले संकटको घडीमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर नागरिकको उद्धार र राहतलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले बाढी प्रभावितको उद्धार र राहतका लागि खटिनु पर्ने भएकाले सानेपामा पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरिएको पनि बताए ।

    ‘आज हाम्रो ४ बजे प्रतिष्ठानको कार्यक्रम थियो । त्यो कार्यक्रम हामीले स्थगित गरेका छौं,’ उनले भने, ‘भोलि यहाँ महिला उद्यमीहरूको ठूलो सम्मेलन थियो । त्यो कार्यक्रम पनि हामीले स्थगित गरेका छौं ।’

    सभापति थापाले राहत–उद्धारमा केन्द्रित हुन केही दिनका लागि केन्द्रीय कार्यालय सानेपामा हुने भनिएका कार्यक्रमहरू स्थगित गरिएको पनि बताए । ‘अबको केही दिन पार्टी केन्द्रीय कार्यालयमा हुने सबै कार्यक्रमहरूलाई रोकेर सबै ध्यान हामीले राहत उद्धारमा दिनुपर्ने छ,’ उनले भने ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend