Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस इतर पक्षद्वारा १५ औँ महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा


१३, भदौ २०८३
  • 60
    SHARES
  • कांग्रेस इतर पक्षद्वारा १५ औँ महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा

    काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५ औँ महाधिवेशनका लागि छुट्टै कार्यतालिका सार्वजनिक गर्ने भएको छ।

    १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्।

    पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै पार्टीको विधान र संविधान अनुसार वर्तमान कार्यसमितिको पदावधि सकिन लागेको कोइरालाले बताए। आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन र त्यसको केही समयपछि हुने प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै पार्टीलाई सुदृढ बनाउन महाधिवेशन अनिवार्य भएको उनले उल्लेख गरे।

    ‘कथित विशेष महाधिवेशनबाट स्वघोषित कार्यसमितिले गर्ने गराउने अधिवेशन तथा महाधिवेशन सम्बन्धी गतिविधिमा सामेल नभई चौधौँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले गराउने महाधिवेशनको तयारीमा जुट्न सबै तहका साथीहरूलाई हार्दिक अनुरोध गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ।

    डा. कोइरालाले १५ औँ महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरी प्रक्रिया प्रारम्भ गरिने जानकारी दिए। यसका लागि क्रियाशील सदस्यता व्यवस्थापन समिति, छानबिन समिति र निर्वाचन समिति गठन लगायतका कार्यहरू पूर्व निर्धारित कार्यतालिका बमोजिम अगाडि बढाइने उनले बताए।

    विज्ञप्तिमा अदालतबाट न्याय पाउनेमा आफूहरू विश्वस्त रहेको समेत उल्लेख छ। आवेग, उत्तेजना र षडयन्त्रको राजनीति नगरी संयमता र धैर्यताका साथ अघि बढ्ने प्रतिबद्धता उनले जनाए। अदालतले महाधिवेशन रोक्न आदेश नदिएको अवस्थामा चौधौँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले नै १५ औँ महाधिवेशन गराउने उनको जिकिर छ।

    यस्तै विज्ञप्ति मार्फत डा. कोइरालाले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले पुर्‍याएको अपूरणीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे। उनले बेपत्ताको खोजी, उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराउँदै मानवीय सेवामा जुट्न पार्टीका सबै तहका कार्यकर्तालाई आह्वान गरेका छन्।

    787073852_1333132848758601_7707548145377577986_n

    786467594_4360702530850597_3401796603428569465_n

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend