Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाढी प्रभावितको उद्धार र राहतमा प्रभावकारी काम गर्न सरकारलाई कांग्रेसको आग्रह


१४, भदौ २०८३
  • 217
    SHARES
  • बाढी प्रभावितको उद्धार र राहतमा प्रभावकारी काम गर्न सरकारलाई कांग्रेसको आग्रह

    काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत र पुनर्स्थापना प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ ।

    नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको अध्यक्षतामा आइतबार पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बसेको पदाधिकारी तथा काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले बाढी प्रभावितको उद्धार र राहत व्यवस्थापन सम्बन्धमा विभिन्न निर्णय गरेको हो । 

    बैठकमा विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समितिका संयोजक एवं रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्य, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सहमहामन्त्री बहादुरसिंह लामा, नेता जगदीश्वर नरसिंह केसी र नुवाकोट कांग्रेसका सभापति रमेश महतले प्रभावित क्षेत्रको वस्तुस्थितिबारे जानकारी गराएका थिए ।

    बैठकले संकटको घडीमा सरकार, राजनीतिक दल, संघसंस्था, निजी क्षेत्र र नागरिक समुदाय सबैको ध्यान विपद् व्यवस्थापनमा केन्द्रित हुनुपर्ने जनाएको छ । 

    कांग्रेसले नागरिकको जीवन रक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै सरकारका उद्धार, राहत र पुनर्स्थापना सकारात्मक प्रयासमा पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएको छ ।

    कांग्रेसले रसुवा, नुवाकोट र धादिङका अवरुद्ध सडक सञ्चालन गर्न, क्षतिग्रस्त पुलमा वैकल्पिक व्यवस्था गर्न तथा विद्युत् र सञ्चार सेवा तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेको छ ।

    यस्तै बाढीले बगाएका शव यत्रतत्र रहेकाले सम्भावित थप जटिलताप्रति समयमै सचेत हुन पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । 

    शवको विवरण सुरक्षित राख्ने, केही दिन संरक्षण गरी परिवारलाई सनाखतको अवसर दिने तथा मृतकको सम्मान र परिवारको संस्कृति अनुसार अन्तिम संस्कार गर्ने अधिकारको संरक्षण गर्नुपर्ने कांग्रेसले जनाएको छ ।

    यसैबीच बैठकले प्रभावित जिल्लाका पार्टी नेतृत्व तथा सदस्य, जिल्ला सम्पर्क समिति, भ्रातृ र शुभेच्छुक संस्थालाई हराइरहेका नागरिकको खोजी, प्रभावित परिवारको सुरक्षित स्थानान्तरण र राहत व्यवस्थापनमा परिचालित हुन आग्रह गरेको छ ।

    स्थानीय तह र विपद् व्यवस्थापन संयन्त्रसँग समन्वय गरी व्यवस्थित तथा प्रभावकारी रूपमा परिचालन हुन पनि पार्टी निकायलाई निर्देशन दिइएको छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend