Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाढीपीडितका लागि कांग्रेस सांसदले दिने भए आधा महिनाको पारिश्रमिक


१५, भदौ २०८३
  • 101
    SHARES
  • बाढीपीडितका लागि कांग्रेस सांसदले दिने भए आधा महिनाको पारिश्रमिक

    काठमाडौँ। नेपाली कांग्रेसका सबै सांसदले आफ्नो आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने भएका छन्। देशमा विपद्को अवस्था गम्भीर बन्दै गएको समयमा प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले कांग्रेस संसदीय दलले यस्तो निर्णय गरेको हो।

    सिंहदरबारमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्।

    बैठकले विपद्को समयमा संसद्को भूमिका अझ प्रभावकारी बनाउन संसद् बैठक तत्काल सञ्चालन गर्नुपर्ने निष्कर्षसमेत निकालेको छ। कांग्रेसले संसद् सञ्चालनका विषयमा सभामुखसँग छिटोभन्दा छिटो छलफल गर्ने निर्णय गरेको छ।

    प्रमुख सचेतक थापाका अनुसार विपद्का बेला सरकार तथा विभिन्न गैरसरकारी निकायबाट भइरहेका उद्धार, राहत तथा अन्य कामकारबाहीबारे आम नागरिकलाई स्पष्ट जानकारी गराउन पनि संसद् बैठक आवश्यक छ। संसद् सञ्चालन भएपछि सरकारका कामको समीक्षा गर्नुका साथै आवश्यक निर्देशन र समन्वय गर्न सहज हुने कांग्रेसको धारणा छ।

    त्यस्तै, देशका विभिन्न जिल्ला तथा गाउँ–गाउँमा भएका बेपत्ता र प्रभावितका घटनालाई सांसदमार्फत संसद्मा उठाउने विषयलाई पनि कांग्रेसले प्राथमिकतामा राखेको छ। स्थानीय तहमा रहेका वास्तविक समस्या, बेपत्ताको अवस्था तथा राहत र उद्धारमा देखिएका कठिनाइ संसद्मा प्रस्तुत गरी समाधानका उपाय खोज्नुपर्ने कांग्रेसको निष्कर्ष छ।

    विपद्को समयमा नागरिकको आवाज संसद्मा पुर्‍याउने, सरकारका राहत तथा उद्धारका कामलाई प्रभावकारी बनाउने र प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा कांग्रेसले संसद् सक्रिय हुनुपर्नेमा जोड दिएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend