Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रास्वपा महामन्त्री आचार्यको परिवारले गरे प्रधानमन्त्री राहत कोषमा १ करोड बढी सहयोग


१५, भदौ २०८३
  • 150
    SHARES
  • रास्वपा महामन्त्री आचार्यको परिवारले गरे प्रधानमन्त्री राहत कोषमा १ करोड बढी सहयोग

    काठमाडौँ । भदौ १० गतेको विनाशकारी बाढी र त्यसबाट उत्पन्न सङ्कटको सामना गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्य र अस्मिता पब्लिकेसनका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ठुलो परिमाणको आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

    मुलुकमा आइलागेको प्राकृतिक विपत्तिका कारण पीडित भएकाहरूको उद्धार, राहत र पुनःस्थापनामा सघाउ पुर्‍याउने उद्देश्यले १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग कोषमा जम्मा गरिएको हो । महामन्त्री आचार्यका अनुसार यो सहयोग उनको व्यक्तिगत, अस्मिता पब्लिकेसन, काका मनोजकुमार शर्मा र परिवारका तर्फबाट संयुक्त रूपमा प्रदान गरिएको हो ।

    विपद्को यो कठिन घडीमा पीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै महामन्त्री आचार्यले उक्त रकम कोषमा हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण गर्दै उनले यस सङ्कटको सामना गरिरहेका सम्पूर्ण नेपालीमा धैर्य र साहस प्राप्त होस् भन्ने कामना गरेका छन् ।

    सहयोगपछि महामन्त्री आचार्यले भने, ,यो सङ्कटमा हाम्रो वैयक्तिक, परिवार र संस्थाको तर्फबाट पनि केही योगदान होस् भन्ने हेतुले हामीले यो रकम जम्मा गरेका छौँ । यो दुःख चाँडै टरेर जाओस् । विपद्को सामना गर्न हामी सबैलाई धैर्य र साहस मिलोस् ।' 

    आर्थिक सहयोगका अतिरिक्त, महामन्त्री आचार्यले एक राजनीतिज्ञका रूपमा समाज र राष्ट्रप्रतिको आफ्नो जिम्मेवारीलाई इमानदारिताका साथ निभाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 'विपद्को यो घडीमा एक राजनीतिज्ञका रूपमा पूरा गर्नुपर्ने इमानदार कोसिस त सदैव रहि नै रहनेछ,' उनले भने । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend